Kathmandu Press

आज शेयर कारोबारको अन्तमा क्रेता हावी

काठमाडौं, भदौ ८ : साताको पहिलो कारोवार दिन आईतबार नेप्से परिसूचक ३ दशमलव ४५ अंकले घटेर १२०९ दशमलव ६२ को विन्दुमा पुगेको छ। 

दोश्रो बजार....

आज शेयर कारोबारको अन्तमा क्रेता हावी
काठमाडाै‌ प्रेस इलुष्ट्रेशन

काठमाडौं, भदौ ८ : साताको पहिलो कारोवार दिन आईतबार नेप्से परिसूचक ३ दशमलव ४५ अंकले घटेर १२०९ दशमलव ६२ को विन्दुमा पुगेको छ। 

दोश्रो बजार परिसूचकमा आज ० दशमलव २८ प्रतिशतकोे गिरावट देखिएको छ। दोश्रो बजार १२१३ दशमलव ०६  को विन्दुमा खुलेको थियो भने १२१३ दशमलव ४० को उच्च विन्दुसम्म पुगेको थियो। 

आज बजारको न्यून विन्दु १२०१ दशमलव ६३ थियो। आज ३५ करोड २ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।  

आजको बजारको अवस्था : 

आज सर्वाधिक कारोवार हुने 

आज सबै भन्दा धेरै छिमेक लघुवित्त विकास बैंक लिमिटेडको संस्थापक शेयर किनबेच भएको छ। छिमेक लघुवित्त विकास बैंक लिमिटेडको ३ करोड २१ लाख बराबरको शेयर किन बेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 

आज सिर्जना फाईनान्स कम्पनीका शेयरधनीले सर्वाधिक ४ दशमलव २१ प्रतिशतले कमाए भने पाँचथर पावर कम्पनीका शेयरधनीले सर्वाधिक ७ दशमलव २० प्रतिशतले गुमाएका छन्। 

प्राविधिक बिश्लेषण :

अघिल्लो कारोबारको विश्लेषणको निश्कर्ष अनुसार यदि बजार  १२१० भन्दा तल स्थिर रहेमा बजार अझ केहि सच्चिन सक्ने संकेत गर्दछ । घट्दो च्यानलको तल्लो प्रवृत्ति रेखामा रहेको देखिन्छ । आज बजारले यहि क्षेत्रको १२०१ दशमलब ६३ मा टेवा प्राप्त गरे पछि नेप्से परिसुचक १२०९ दशमलब ६२ बिन्दुसम्म पुगेको थियो।  

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार हालसम्म घट्दो च्यानलमा सिमित रहेको र हाल टेवा क्षेत्रमा रहेको देखिन्छ। आजको मैनबत्तीले हतौडा आकृति बनाएको छ। यसले बजारको प्रवृत्तिमा परिवर्तन हुन सक्ने संकेत गरे पनि अर्को कारोबार दिनको मैनबत्तीलाई पनि हेर्नु पर्ने हुन्छ। आजको परिमाणले हतौडा आकृतिलाई समर्थन गरेको छ।  यसले बजार सकारात्मक हुन सक्ने संकेत गर्दछ।  

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, पाँच मिनेट मैनबत्ती प्रवृत्तिको हो। यसको प्रवृत्तिले आज बजार घट्दो प्रवृत्तिमा रहेको र हाल १२१० को प्रतिरोध क्षेत्रभन्दामा देखिन्छ। 
२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु एकआपसमा नजिकिंदै गएकोले कारोबारको अन्तिम समयमा क्रेताको चाप रहेको देखिन्छ। आज रिलेटिभ स्टे«न्थ इन्डेक्स (आरएसआई) ७२ दशमलब ७३ अंकमा रहेको छ। यसको प्रवृत्ति र स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी खरिद भएको संकेत गरेको छ। 

निश्कर्ष

लामो समयावधिको बजार प्रवृत्ति हेर्दा हाल शेयर बजार मुख्य टेवा क्षेत्र नजिक रहेको देखिन्छ। माथि उल्लेखित छोटो समयावधिको नेप्से प्रवृत्ति र सूचकहरुले यदि बजार १२१४ भन्दा माथि स्थिर रहेमा बजार सकारात्मक हुन सक्ने संकेत गर्दछ। त्यस्तै, बजारको तत्कालिन टेवा क्षेत्र चित्र नं. १ मा देखिए बमोजिम च्यानलको तल्लो प्रवृत्ति रेखामा रहेको देखिन्छ।  

प्रकाशित मिति: १८:१० बजे, आइतबार, भदौ ८, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्