Kathmandu Press

नेप्से ७५ अंकले बृद्धि, १४ अर्ब ११ करोडको कारोबार

मंगलबार १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९९५ रुपैयाँ बराबरको तीन करोड ९७ लाख ९० हजार ८८९ कित्ता सेयर एक लाख ७१ हजार ३८७ पटकमा खरिद बिक्री भएको छ।
नेप्से ७५ अंकले बृद्धि, १४ अर्ब ११ करोडको कारोबार

काठमाडौं, साउन ८ : मंगलबार सेयर बजार ३.०२ प्रतिशत बढेको छ। नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ मा कायम भएकोे छ।

मंगलबार २२० कम्पनीको सेयर मूल्य बड्दा २० कम्पनीको सेयर मूल्य घटेको छ भने दुई कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। 

Hardik ivf

बोटलर्स नेपाल (बालाजु) लिमिटेड, समृद्धि फाइनान्स, मान्डु हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, नेपाल वेयर हाउस लिमिटेड र साहास ऊर्जाको सेयरमा सकारात्मक सर्किट ब्रेकर लागेको छ।

आज १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९९५ रुपैयाँ बराबरको तीन करोड ९७ लाख ९० हजार ८८९ कित्ता सेयर एक लाख ७१ हजार ३८७ पटकमा खरिद बिक्री भएको छ।

समूहगत उपसूचकतर्फ १३ वटै समूहको सूचक बढेको छ। जसमा सबैभन्दा धेरै व्यापार समूह ५.०६ प्रतिशतले बढेको छ । 

प्रकाशित मिति: १५:४१ बजे, मंगलबार, साउन ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्