Kathmandu Press

सिक्लेस हाइड्रोपावरकाे आइपिओ आजबाट खुला

सिक्लेस हाइड्रोपावरकाे आइपिओ आजबाट खुला

काठमाडौं, भदौ २९ : सिक्लेस हाइड्रोपावर लिमिटेडले आज (बुधबार) आइपिओ खुलाएको छ। कम्पनीले सर्वसाधारणका लागि ११ लाख ५० हजार कित्ता आइपीओ निष्काशन खुला गरेको हो।

सर्वसाधारण आइपिओ असोज २ सम्म भर्न सक्ने बिक्री प्रबन्धक बिओके क्यापिटलले जनाएको छ। कुल निष्कासनमध्ये ५७ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३४ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याएर बाँकी रहेको १० लाख ५८ हजार कित्ताका सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयलाई आईपीओ बिक्री गरिसकेको छ। कम्पनीले २० लाख कित्ता आइपिओ निष्कासनका लागि सेबोनबाट अनुमति पाएको थियो।

प्रकाशित मिति: १४:२२ बजे, बुधबार, भदौ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्