Kathmandu Press

खप्तड लघुवित्तको १ लाख ३२ हजार कित्ता आइपिओ खुला

काठमाडौं, भदौ ८ : खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि प्रतिकित्ता १...
खप्तड लघुवित्तको १ लाख ३२ हजार कित्ता आइपिओ खुला

काठमाडौं, भदौ ८ : खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि प्रतिकित्ता १ करोड ३२ लाख मूल्य बराबरका एक लाख ३२ हजार आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले निष्कासन गरेको साधारण शेयरमा कुल जारी पूँजीको ०.५ प्रतिशत अर्थात् दुई हजार कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको ५ प्रतिशत अर्थात् ६ हजार ६ सय कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी १ लाख २३ हजार ४ सय कित्ता शेयर खरिदका लागि सर्वसाधारणलाई आव्हान गरेको हो ।

Hardik ivf

सर्वसाधारणले भदौ १२ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार ३ सय २० कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् कम्पनीले जनाएको छ। सो अवधिमा मागबमोजिम आवेदन नआए भदौ २२ गतेसम्म निष्कासन खुला रहने छ।

नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्युयर बीबी माइनस’ रेटिङ प्रदान गरेको छ ।

प्रकाशित मिति: ११:०९ बजे, बुधबार, भदौ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्