Kathmandu Press

नेपाल वेयरहाउजिङले पौने १४ लाख कित्ता आइपिओ जारी गर्ने

नेपाल वेयरहाउजिङले पौने १४ लाख कित्ता आइपिओ जारी गर्ने

काठमाडाैं, भदाै १७ : नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले पौने १४ लाख कित्ता आइपिओ जारी गर्ने भएको छ।

कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने १३ लाख ७५ हजार कित्ता आइपिओ निकट भविष्यमै जारी गर्ने भएको हो। 

Hardik ivf

आइपिओ जारी गर्न कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटललाई नियुक्त गरेको छ।

शुक्रबार क्यापिटलकातर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) परमेश्वर पन्त र नेपाल वेयरहाउजिङ कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जयमुकुन्द खनालले सम्झौतापत्रमा हस्ताक्षर गरे।

कृषि क्षेत्रको आधुनिकीकरणका निम्ति समयानुकुल कृषि उपज भण्डारण सेवा प्रदान गर्दै राष्ट्रको दीर्घकालीन खाद्य सुरक्षामा योगदान हेतु अग्रसर रहेको कम्पनीमा नेपालको औद्योगिकीकरण र व्यापार प्रवर्धनमा उल्लेखनीय योगदान पुर्‍याउँदै आइरहेका प्रख्यात व्यावसायिक घराना र विभिन्न प्रतिष्ठित संगठित संस्थाहरुको लगानी रहेको छ।  

साथै कृषिजन्य उत्पादनको लिलाम बढाबढ तथा वेयरहाउस रिसिप्ट फाइनान्सिङ गर्न आवश्यक पूर्वाधार तयार गरी बैंक तथा वित्तीय संस्थाको समन्वयमा धितो बन्धक व्यवस्थापनको कार्य गर्ने कम्पनीले जनाएको छ। 

प्रकाशित मिति: १५:५० बजे, शुक्रबार, भदौ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्