Kathmandu Press

नेप्से १४ अंकले बढ्दा कारोबार १० अर्ब पुग्याे

नेप्से १४ अंकले बढ्दा कारोबार १० अर्ब पुग्याे

काठमाडौं, कात्तिक २९: धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक वृद्धि  भएका छ। विहिबार नेप्से १४ अंकले बढेको छ। 

नेप्से सामान्य अंकले बढेता पनि कारोबार भने १० अर्ब नाघेको छ। बिहीबार २ करोड १६ लाख ६० हजार कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ३२ करोड ३ लाख रुपैयाँको कारोबार भएको छ। 
बिहीबार १५९ कम्पनीको सेयर मूल्य बढेको छ भने ७९ कम्पनीको घटेको छ।

बिहीबार गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त, माथिल्लो हेवाखोला जलविद्युत लगायत कम्पनीको सेयर १० प्रतिशतले बढेको छ। 

कारोबार रकमका आधारमा ३५ करोड २५ लाख रुपैयाँको कारोबार गरी जानकी फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। 

बिहीबार जलविद्युत उपसमूहको सूचक १.३४ र विकास बैंक उपसमूहको सूचक १.२१ प्रतिशतले बढेको छ  भने अन्य उपसमूहको वृद्धि भने १ प्रतिशत पनि पुग्न सकेन।
 

प्रकाशित मिति: १५:४२ बजे, बिहीबार, कात्तिक २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्