Kathmandu Press

नेप्से दोहोरो अंकले घट्यो, १६ अर्ब २० करोडको कारोबार

बुधबार नेप्से परिसूचक २७.३२ अंकले घटेर २५३६.११ विन्दुमा अडिएको छ।
नेप्से दोहोरो अंकले घट्यो, १६ अर्ब २० करोडको कारोबार

काठमाडौं, साउन ९ : नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।  बुधबार नेप्से परिसूचक २७.३२ अंकले घटेर २५३६.११ विन्दुमा अडिएको छ।

बुधवार ३११ स्क्रिप्सको ४ करोड ७ लाख ४७ हजार कित्ता सेयर १६ अर्ब २० करोड ८५ लाख ७७ हजार ३१४ रुपैयाँमा खरिदबिक्री भएको छ। दोहोरो अंकले घटेको बजारमा बोटलर्स नेपाल (तराई) र एसियन हाइड्रोपावरको सेयर १० प्रतिशतले वृद्धि भएको हो।

Hardik ivf

त्यस्तै चन्द्रगिरी हिल्सको ९.९७, समृद्धि फाइनान्सको ९.६५ र आरम्भ चौतारी लघु्वित्त वित्तीय संस्थाको सेयर ९.१७ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा ३६ करोड मूल्य बराबरको सेयर कारोबार भई  हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ।

शिवम् सिमेन्टको ३४ करोड मूल्य बराबरको सेयर कारोबार हुँदा अपर तामाकोशीको २९ करोड, हिमाल दोलखा हाइड्रोपावरको २३ करोड र सानिमा जीआसी इन्स्योरेन्सको २२ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ।

दुई समूहको उपसूचकबाहेक अन्यको उपसूचक नकारात्मक देखिएको छ। फाइनान्स र होटल्स एन्ड टुरिजम समूहको उपसूचक बढ्दा अन्य समूहको उपसूचक नकारात्मक देखिएका हो।
कारोबारमा आएका ४७ वटा स्टकको मूल्य बढ्दा १९४ वटाको घटेको छ। दुईवटा स्टकको मूल्य भने स्थिर रहेको छ।

मंगलबार नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ विन्दुमा पुग्दा १४ अर्ब ११ करोड मूल्यको सेयर कारोबार भएको थियो। नेप्से दोहोरो अंकले ओरालो लागेपनि कारोबार रकम भने मंगलबारको तुलनामा बढी हो।

प्रकाशित मिति: १६:२७ बजे, बुधबार, साउन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्