Kathmandu Press

संसद भवन निर्माण समयमै नसकिएकाले प्रश्न उठ्न थाल्यो : मन्त्री सिंह

मन्त्री सिंहले भवन निर्माणका लागि मन्त्रालयको तर्फबाट गर्नुपर्ने काममा प्रतिवद्ध हुने पनि बताए।
संसद भवन निर्माण समयमै नसकिएकाले प्रश्न उठ्न थाल्यो : मन्त्री सिंह

काठमाडौं, भदौ ३ : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद भवन निर्माणको बाँकी रहेको काम समयमा सम्पन्न गराउनेमा प्रश्न उठ्न थालेको बताएका छन्।

मंगलवार संसद भवन निर्माणसँग सम्बन्धी छलफल गर्दै उनले संसद भवन बनाउन लामो समय वितिसकेको भन्दै ४० प्रतिशतको कामले अड्किएको बताएका हुन्।  

‘संसद भवन निर्माणको विषयमा सबैको ध्यानकेन्द्रित छ। संसद भवन बनाउन लामो समय लाग्यो। यो सम्पन्न हुने हो कि होइन भन्नेमा प्रश्न उठ्न थालेको छ,’ उनले भने, ‘बाँकी भएको समयमा सम्पन्न गराउनको लागि ८६ प्रतिशत काम भएको छ। ४० प्रतिशतको काम हात्ती छिर्यो पुच्छर अड्एिको जस्तो भएको छ।’

मन्त्री सिंहले भवन निर्माणका लागि मन्त्रालयको तर्फबाट गर्नुपर्ने काममा प्रतिवद्ध हुने पनि बताए। उनले रोकिएको कामलाई फुकाएर सम्पन्नतिर जाँदा सबै पक्षलाई राम्रो हुने भन्दै सबै मिलेर काम गर्नुपर्ने बताए। 

प्रकाशित मिति: २०:२६ बजे, मंगलबार, भदौ ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्