Kathmandu Press

नेप्से ६४ अंकले बढ्यो, हालसम्मकै उच्च कारोबार

बुधवार २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरकाे सेयर कारोबार भएको छ।
नेप्से ६४ अंकले बढ्यो, हालसम्मकै उच्च कारोबार

काठमाडौं, साउन १६ : सेयर बजार हालसम्मकै उच्च मूल्यको कारोबार भएको छ। 

नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० विन्दुमा बन्द भएको छ।

बुधवार २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरकाे सेयर कारोबार भएको छ।

 १९१ कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसअघि २०७८ साउन ३१ गते २१ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको थियाे।

प्रकाशित मिति: १५:१९ बजे, बुधबार, साउन १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्