Kathmandu Press

सामलिङ पावरको आईपीओ आजबाट बिक्री खुला

काठमाडौं, कात्तिक ४ : सामलिङ पावर कम्पनी लिमिटेडको आईपीओ आज (बिहीबार) बाट बिक्री खुला भएको छ।कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ करोड ३० लाख...
सामलिङ पावरको आईपीओ आजबाट बिक्री खुला

काठमाडौं, कात्तिक ४ : सामलिङ पावर कम्पनी लिमिटेडको आईपीओ आज (बिहीबार) बाट बिक्री खुला भएको छ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो।

Hardik ivf

तीमध्ये २ प्रतिशत (१४ हजार ६०० कित्ता) कर्मचारीका लागि र ५ प्रतिशत (३६ हजार ५०० कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ७८ हजार ९ सय कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्तासम्मका लागि लगानीकर्ताले आवेदन दिन सक्नेछन्। आवेदन दिने मिति कात्तिक ८ गतेसम्मका लागि तोकिएको छ। सो समयभित्र माग गरिएबमोजिम आवेदन नपरे ढिलोमा कात्तिक १८ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ।

लगानीकर्ताले उक्त आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै मेरो सेयर सफ्वेयर र मेरो सेयर एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले गर्नेछ।

प्रकाशित मिति: १३:०२ बजे, बिहीबार, कात्तिक ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्