बागमतीको मुख्यमन्त्री बानियाँले लिए सपथ
आजै दिउँसो नियुक्त भएका बानियाँलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनियताको सपथ खुवाएका हुन् । बानियाँ मंगलबार नै मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
हेटौंडा, साउन २० : बागमती प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन्।
आजै दिउँसो नियुक्त भएका बानियाँलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनियताको सपथ खुवाएका हुन् । बानियाँ मंगलबार नै मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
बानियाँले छैठौं मुख्यमन्त्रीको रूपमा बागमती प्रदेश सरकारको नेतृत्व गर्नेछन्।
नेपाली कांग्रेस वागमतीका संसदीय दलको नेता बानियाँ प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमालेका गरी कुल ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्रि बनेका हुन्।
बानियाँ २०७३ सालमा संघिय सरकारको गृह राज्यमन्त्री र संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भइसकेका छन्।
उनी प्रदेशसभाको दोस्रो कार्यकालमा दलको नेताबाट पराजित भएका थिए। तर साढे दुई वर्षपछि दलको नेताबाट बहादुर सिंह लामालाई हटाएर आफैं मुख्यमन्त्री बन्न सफल भएका छन्।



-1765194974.jpg)





-1765194974.jpg)


