Kathmandu Press

लेबनानका लागि आपतकालिन सहयोग पठाइँदै : डब्लुएचओ

बेरूत, भदौ ३१ : हालको वित्तीय संकटबीच विश्व स्वास्थ्य सङ्गठनले लेबनानको स्वास्थ्य सङ्कट सम्बोधनका लागि आकस्मिक सहयोग प्रदान गर्ने बताएको छ। लेबनानको भ्रमणमा रहेका...
लेबनानका लागि आपतकालिन सहयोग पठाइँदै : डब्लुएचओ

बेरूत, भदौ ३१ : हालको वित्तीय संकटबीच विश्व स्वास्थ्य सङ्गठनले लेबनानको स्वास्थ्य सङ्कट सम्बोधनका लागि आकस्मिक सहयोग प्रदान गर्ने बताएको छ। 

लेबनानको भ्रमणमा रहेका विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले शुक्रबार भने, ‘लेबनानमा गम्भीर चुनौतीहरू छन्, विशेष गरी चिकित्सा, इन्धन र पानीको आपूर्तिको अभावले लेबनानका जनताको स्वास्थ्य अवस्थालाई असर गरेको छ। विश्व स्वास्थ्य सङ्गठनले लेबनानको समस्यालाई सम्बोधन गर्न विश्व समुदायसँग छलफल गरिरहेको छ। छिट्टै सहयोग लेबनान आइपुग्नेछ।’

Hardik ivf

राष्ट्रपति मिशेल आउनसँग बाबडा प्यालेसमा भएको वार्तापछि गेब्रेयससले भने, ‘विशेष गरी खोप लगाउने सन्दर्भमा कोभिड–१९ महामारी विरुद्ध लड्न लेबनानले गरेको प्रयास सह्रानीय छ। मध्य पूर्वी यस देशमा अहिलेसम्म ३० प्रतिशत जनसङ्ख्यालाई कोभिड–१९ पुष्टि भइसकेको जनाएको छ।

उनले भने,  ‘लेबनानको कोभिड–१९को स्थिति सुधार्न र अन्य स्वास्थ्य समस्यामा पनि सहयोग गर्न हामी सहयोगको व्यवस्था गर्नेछौं।’ 
 
उक्त अवसरमा लेबनानका राष्ट्रपति मिशेल आउनले देशले सामना गरिरहेको आर्थिक, स्वास्थ्य र मानवीय संकटलाई ध्यानमा राखेर संगठन र लेबनानबीच थप सहयोगको माग गरे। एक प्रतिनिधि मण्डलको नेतृत्व गर्दै घेब्रेयसस बिहीबार लेबनान आइपगेका थिए। यस प्रतिनिधिमण्डलले कोभिड–१९ महामारीलगायतका विभिन्न स्वास्थ्य सेवाको अवस्थाको अध्ययन गर्ने बताइएको छ। 

प्रकाशित मिति: २०:१२ बजे, बिहीबार, भदौ ३१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्