Kathmandu Press

अफगानिस्तान भुकम्प : मृत्यु हुनेको संख्या ८ सय नाघ्याे

अफगानिस्तानको पूर्वी भागमा आइतबार राति गएको शक्तिशाली भूकम्पले ८१२ जनाको मृत्यु भएको छ भने २ हजार ८१७ जना घाइते भएका छन्।
अफगानिस्तान भुकम्प : मृत्यु हुनेको संख्या ८ सय नाघ्याे

काबुल, भदौ १७ : अफगानिस्तानको पूर्वी भागमा आइतबार राति गएको शक्तिशाली भूकम्पले ८१२ जनाको मृत्यु भएको छ भने २ हजार ८१७ जना घाइते भएका छन्।

अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस)का अनुसार भूकम्प ६.१ म्याग्निच्युड रहेको थियो। स्थानीय समयअनुसार आइतबार राति ११ः४७ बजे जालालाबाद (नंगरहार प्रान्त) नजिकै, करिब २७ किलोमिटर टाढा, ८ किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको बताइएको छ।

Hardik ivf

अफगानीस्तानको अन्तरिम सरकारका प्रवक्ताका अनुसार सबैभन्दा ठूलो क्षति कुनार प्रान्तका नुर्गल, सुकी, वाटापुर र चापा दारा जिल्लामा भएको छ। नुर्गल क्षेत्रका एक स्थानीयले चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) सँग कुरा गर्दै गाउँका घर पूर्णरूपमा ध्वस्त भएको बताए।

Photo-(6)-(1)-1756790604.png
 

‘आइतबार मध्यरातमा आएको भूकम्प निकै शक्तिशाली थियो। हामीले करिब २ सय घाइतेलाई हेलिकोप्टरमार्फत जालालाबादको अस्पतालमा पु¥यायौं, अझै पनि ३ सय देखि ३५० जना भग्नावशेषमुनि फसेका छन्। हाम्रो गाउँका सबै घर ध्वस्त भएका छन्,’ वादिर गाजीअबाद स्थानीयले भने।

स्थानीय भौगोलिक कठिनाइका कारण उद्धारमा समस्या भइरहेको जनाइए पनि उद्धार टोली र राहत संस्था प्रभावित क्षेत्रमा पुगेर कार्य तीव्र पारिरहेको अधिकारीहरूले बताएका छन्। भूकम्प प्रभावित स्थानीयहरूले अन्तर्राष्ट्रिय सहयोगको माग गरेका छन्।
 

प्रकाशित मिति: १३:०९ बजे, मंगलबार, असोज २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्