Kathmandu Press

कर्णालीले काठमाडौंलाई दियो १८१ रनको लक्ष्य

टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले ६ विकेट गुमाएर १८० रन बनाएको हो। यो जारी सिरिजको दोस्रो ठूलो लक्ष्य हो।
कर्णालीले काठमाडौंलाई दियो १८१ रनको लक्ष्य

काठमाडौं, कात्तिक १६ : नेपाल प्रिमियर लिग (एनपिएल)को जारी खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई १८१ रनको ठूलो लक्ष्य दिउको छ। 

टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले ६ विकेट गुमाएर १८० रन बनाएको हो। यो जारी सिरिजको दोस्रो ठूलो लक्ष्य हो।

उसका लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए। उनले २२ बल खेल्दै ५ चौकमा र ३ छक्का प्रहार गरे। 

यस्तै हुसेन तललते ३० बलमा १ चौका र २ छक्का प्रहार गरी ४० रन बनाउँदा पवन सर्राफले २३ बलमा २ छक्का मदतमा नटआउट ३० रन बनाए। गुल्सन झाले १२ बलका २ छक्का प्रहार गर्दै २० रनको महत्वपूर्ण योगदान गरे।

बलिङमा  त्यसपछि पवन र गुल्सन झाले १६ बलमा २८ रनको साझेदारी गरे ।

बलिङमा काठमाडौंका कप्तान करण केसीले २ तथा शाहब आलम, जहानदान खान, देव शाह र सन्तोष यादवले १–१ विकेट लिए।

यो खेलमा काठमाडौंबाट अस्ट्रेलियन लेजेन्ड डेविड वार्नर पनि खेलिरहेका छन्।

प्रकाशित मिति: १४:३७ बजे, सोमबार, कात्तिक १६, २०८३