राजनीति ठिक हुने वित्तिकै देशले उन्नती र प्रगती गर्न सक्छ : सभामुख
उनले राजनीति ठिक हुने वित्तिकै देशले उन्नती, प्रगती गर्नसक्ने भन्दै देश निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र राजनीति भएको बताए।
काठमाडौं, भदौ १९ : सभामुख देवराज घिमिरेले देश निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र राजनीति भएको बताएका छन्।
बिहीबार काठमाडौंमा पूर्वसांसद मञ्च नेपालको २६औं स्थापना दिवसको आयोजित कार्यक्रममा उनले राजनीति ठिक हुने वित्तिकै देशले उन्नती, प्रगती गर्नसक्ने भन्दै देश निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र राजनीति भएको बताए।
‘एउटा साँचो कुरा के हो भने देश निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र भनेको राजनीति नै हो। राजनीति ठिक हुने वित्तिकै देशले उन्नती, प्रगती गर्न सक्छ। अन्वेशण गर्न सकिन्छ र त्यसलाई प्रयोग गरेर अगाडि बढ्न सक्छ,’ उलने भने, ‘तर राजनीति ठिक खालको हुन सकेन भने सबै क्षेत्रलाई त्यसले प्रभाव पार्छ। जुन कुरा हामीले पनि भोगेर आएका छौं।’
सभामुख घिमिरेले संसदले कामहरु कसरी गरिरहेको छ, कसरी गर्नुपर्छ र राजनीतिलाई कसरी अगाडि बढाउँदा प्रभावकारी हुन्छ भन्ने खालको जिम्मेवारी यो मञ्चले सम्हालेको भन्दै आगामी दिनमा पनि यसरी जान आग्रह गरेका छन्।
‘यो राजनीति क्षेत्रले अहिले भइरहेको नेपालको संविधान, संविधानले राखेका राज्य र त्यसले गरेका कामहरुलाई कार्यान्वयन गर्ने सन्दर्भमा सरकार, कानून निर्माण गर्ने संसद र सरकार सञ्चालन गर्नेले कामहरु कसरी गरिरहेको छन्, कसरी गर्नुपर्छ र राजनीतिलाई कसरी अगाडि बढाउँदा प्रभावकारी हुन्छ भन्ने खालको जिम्मेवारी तपाइँहरुले सम्हाल्नु भएको छ र आगामी दिनमा पनि यसरी जान आग्रह गर्न चाहन्छु,’ उनले भने।
पूर्व सांसदहरुलाई कुनै न कुनै खालको औषधी उपचारको सानो व्यवस्था राज्यको तर्फबाट कसरी गर्न सकिन्छ यसमा वर्तमान सरकार, मन्त्री र प्रधानमन्त्रीहरुको ध्यान कसरी तान्ने भन्ने तर्फमा लागेको पनि उनको भनाई छ।











-ink-1744291933.jpeg)
