एससीओ शिखर सम्मेलनपछि मोदी र पुटिन एउटै गाडी, अमेरिकी शुल्कबारे छलफल
‘एससीओ शिखर सम्मेलनको कार्यसूचीपछि राष्ट्रपति पुटिनसँग हामी द्विपक्षीय बैठक स्थलमा सँगै गयौं। उहाँसँगका वार्तालापहरू सँधै गहन हुन्छन्,’ माेदीले लेखेका छन्।-1756724991.jpg)
सांघाई, भदौ १६ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनपछि तिआनजिनमा भएको द्विपक्षीय बैठक स्थलमा एउटै गाडीमा सँगै गएका छन्।
तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै प्रधानमन्त्री मोदीले आफूहरु सँगै गाडीमा द्विपक्षीय बैठक स्थल गइरहेको उल्लेख गरेका छन्। ‘एससीओ शिखर सम्मेलनको कार्यसूचीपछि राष्ट्रपति पुटिनसँग हामी द्विपक्षीय बैठक स्थलमा सँगै गयौं। उहाँसँगका वार्तालापहरू सँधै गहन हुन्छन्,’ माेदीले लेखेका छन्।
यो भेटघाट भारत–रुसबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रयास भइरहेको अवस्थामा भएको हो। जब वाशिङ्टनसँगको सम्बन्ध तनावपूर्ण बन्दै गएको छ।
अमेरिकाले हालै भारतीय वस्तुमा ५० प्रतिशतसम्म शुल्क लगाएको छ, जसमा रसियाबाट आयात गरिएको सस्तो क्रुड तेलका लागि २५ प्रतिशत अतिरिक्त दण्ड पनि समावेश गरिएको छ। ह्वाइट हाउसका व्यापार सल्लाहकारलेरुस तथा चीनसँग भारतको नजिकिँदो सम्बन्धप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
एससीओ शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले क्षेत्रीय व्यापार र आवागमन सुदृढ गर्न भारतको प्रतिबद्धता दोहो¥याए। उनले चाबहार बन्दरगाह र इन्टरनेशनल नर्थ–साउथ ट्रान्सपोर्ट कोरिडोरजस्ता परियोजनालाई अफगानिस्तान र मध्य एसियासँगको सम्पर्क बढाउन महत्वपूर्ण पहलका रुपमा उल्लेख गरे।
मोदीले भारतले २०२३ को एससीओ अध्यक्षताका क्रममा स्टार्टअप, वप्रवर्तन, युवा सशक्तिकरण, डिजिटल समावेशीकरण र साझा बौद्ध धरोहरजस्ता नयाँ क्षेत्रहरूलाई प्राथमिकतामा राखिएको बताएका थिए।
यता, रुसी राष्ट्रपति पुटिनले एससीओको अन्तर्राष्ट्रिय मामिलामा बढ्दो प्रभावको प्रशंसा गरे। उनले भने ‘एससीओभित्रको संवादले पुराना यूरोप–केन्द्रित तथा यूरो–एटलान्टिक मोडेललाई विस्थापित गर्दै नयाँ युरेशियन सुरक्षा प्रणाली निर्माणको आधार तयार गर्न सहयोग गरेको छ।
उनले एससीओ मुलुकबीचको व्यापारमा राष्ट्रिय मुद्राको बढ्दो प्रयोगलाई समेत जोड दिए।
-(56)-1764919423.jpg)



-(56)-1764919423.jpg)





-(27)-1764914102.jpeg)