अफगानिस्तान भुकम्प : पाँचसय भन्दा धेरैको मृत्यु, एकहजार व्यक्ति घाइते
तालिबान नियन्त्रित प्रशासनलाई उद्धृत गर्दै खामा प्रेसले कुनार प्रान्तका नुर गुल, सोकी, वाटपुर, मानोगी र चापा दर्रा जिल्लाहरू सबैभन्दा बढी प्रभावित भएको जनाएको छ।-(51)-1756732784.jpg)
काबुल, भदौ १६ : सोमबार बिहान अफगानिस्तानमा गएको ६ रेक्टर स्केलको भूकम्पका कारण पाँच सयभन्दा बढीको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन्।
तालिबान नियन्त्रित प्रशासनलाई उद्धृत गर्दै खामा प्रेसले कुनार प्रान्तका नुर गुल, सोकी, वाटपुर, मानोगी र चापा दर्रा जिल्लाहरू सबैभन्दा बढी प्रभावित भएको जनाएको छ।
नंगरहार प्रान्तमा मात्रै कम्तीमा नौ जनाको मृत्यु भएको र अरु धेरै घाइते भएको पुष्टि भएको छ। कमजोर माटो र ढुंगामाटोका घरहरू भत्किएका छन् भने पहिरोका कारण सडक अवरुद्ध हुँदा उद्धार कार्यमा गम्भीर चुनौती आएको छ।
त्यस्तै, प्रारम्भिक ६ रेक्टरको भुकम्प पश्चात क्रमशः ४.७, ४.३ र ५.० रेक्टरको पराकम्प पनि गएको बताइएको छ।
अफगानिस्तान भौगोलिक रूपमा भूकम्पको उच्च जोखिमयुक्त क्षेत्र भएकाले यस किसिमका प्रकोप बारम्बार हुने गरेको रेडक्रसले जनाएको छ।
सो भूकम्पको धक्का पाकिस्तानका विभिन्न क्षेत्रमा समेत महसुस गरिएको थियो । यस विपत्तिपछि तत्काल अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता रहेको अफगान अधिकारीहरूले बताएका छन्।
-(56)-1764919423.jpg)



-(56)-1764919423.jpg)





-(27)-1764914102.jpeg)