अफगानिस्तानको भुकम्पमा ज्यान गुमाउनेको सङ्ख्या १४ सय पुग्यो
भूकम्पले करिब ५ हजार ४०० घर ध्वस्त बनाउँदै हजारौंलाई घरबारविहीन बनाएको छ, जसलाई पछिल्लो इतिहासकै सबैभन्दा प्राणघातक प्राकृतिका विपत्तिहरूमध्ये एक मानिएको छ।-(51)-1756732784.jpg)
काबुल, भदौ १९ : आइतबार पूर्वी अफगानिस्तानको कुनार प्रान्तको नुरगल जिल्ला केन्द्रबिन्दु भएर गएको शक्तिशाली भुकम्पमा ज्यान गुमाउनको सङ्ख्या १४ सय पुगेको छ।
६ रेक्टर स्केलको उक्त भुकम्पका कारण हाल सम्म ३ हजार ५०० भन्दा बढी मानिस घाइते भएको अधिकारीहरूले जनाएका छन्। भूकम्पले करिब ५ हजार ४०० घर ध्वस्त बनाउँदै हजारौंलाई घरबारविहीन बनाएको छ, जसलाई पछिल्लो इतिहासकै सबैभन्दा प्राणघातक प्राकृतिका विपत्तिहरूमध्ये एक मानिएको छ।
केन्द्रबिन्दुबाट करिब ६० किलोमिटर टाढा रहेको नंगरहार सैनिक विमानस्थलका हेलिकप्टर र एम्बुलेन्समार्फत घाइतेहरूलाई अस्पताल पु¥याइएको छ। खालिद इब्न वालिद कोप्र्सका प्रवक्ता वाहिदुल्लाह मोहम्मदीले सैन्य तथा नागरिक निकायका टोलीहरू उद्धार कार्यका लागि परिचालन गरिएको जानकारी दिए।
भूकम्पको क्षति कुनारमा मात्र नभई नुरिस्तान, पञ्जशिर, लगमान र नंगरहार प्रान्तका केही भागहरूमा समेत भएको छ। ‘हामी अहिले कुनारको अवस्थासँग जुधिरहेका छौं, तर छिमेकी प्रान्तहरूमा पनि मृत्यु र घाइते भएका खबर आएका छन्,’ ग्रामीण पुनःस्थापना तथा विकास मन्त्री मुल्ला मोहम्मद युनुस अखुन्दजादाले भने।
उद्धार कार्यमा सडक अवरुद्ध भएको कारण कठिनाइ भइरहेको छ। अफगान रेड क्रस सोसाइटी कुनारका प्रमुख अब्दुल लतिफ साबेतले सडक खुलाउने प्रयास भइरहेको र त्यसले उद्धार कार्यलाई सहज बनाउने बताए।
तालिबान सत्तामा आएपछि अफगानिस्तानमा अन्तर्राष्ट्रिय मानवतावादी संस्थाहरूको उपस्थिति घटेको भए पनि अधिकारीहरूले केही संगठनले सहयोगको आश्वासन दिएको जनाएका छन्।
अफगानिस्तानले पछिल्ला वर्षहरूमा लगातार प्राणघातक प्राकृतिका विपत्तिहरू भोगिरहेको छ। सन् २०२३ मा हेरात भूकम्पमा १४ सय भन्दा बढी र सन् २०२२ मा पाक्तिका भूकम्पमा १ हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो।
-(56)-1764919423.jpg)



-(56)-1764919423.jpg)





-(27)-1764914102.jpeg)