Kathmandu Press

हजका क्रममा कोभिड संक्रमण नभएको साउदी सरकारको जानकारी

रियाद, साउन ८ : साउदी अरेबियाको सरकारले यहाँ सम्पन्न भएको हजका क्रममा कोभिडको कुनै सङ्क्रमण नभएको जनाएका छ।साउदी प्रेस एजेन्सीले दिएको जानकारीअनुसार यहाँको हज...
हजका क्रममा कोभिड संक्रमण नभएको साउदी सरकारको जानकारी

रियाद, साउन ८ : साउदी अरेबियाको सरकारले यहाँ सम्पन्न भएको हजका क्रममा कोभिडको कुनै सङ्क्रमण नभएको जनाएका छ।

साउदी प्रेस एजेन्सीले दिएको जानकारीअनुसार यहाँको हज सेसन कोभिड फ्रि रुपमा सम्पन्न भएको भनेर सरकारले जानकारी दिएको हो।

Hardik ivf

हजका क्रममा ठूलो भिडभाड हुने भएकोले यस क्रममा कोभिड १९ को ठूलो सङ्क्रमण हुने डर रहेको बताइएको थियो। त्यसैले पनि यहाँको सरकारले कोभिडका विरुद्धमा निकै कडा र प्रभावकारी उपायहरु अपनाएको बताएको छ।

त्यसकारण पनि यस वर्ष हजका लागि विदेशी नागरिक आउन नदिने र स्वदेशमा मात्र निकै सानो संख्यामा गर्नुपर्ने बताइएको थियो।

साउदी अरबका स्वास्थ्यमन्त्री ताफिक अल रबिहले हजका क्रममा कोभिडको सङ्क्रमण नदेखिएको र सरकारले सजगताका लागि निकै प्रभावकारी मापदण्ड पनि अपनाएको बताए। उनले साउदी अरेबियाको मक्कामा हज गर्न आएकाहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य सम्बन्धी मापदण्डहरुको पालनाको आवश्यकतामा जोड दिइएको जानकारी दिए।

त्यसैगरी यहाँको सरकारले स्वदेशी नागरिकलाई जम्मा ६० हजार जनालाई मात्र हजका लागि आउन दिएको थियो। विदेशी नागरिकलाई पनि थोरैलाई मात्र यहाँ हजका लागि आउन दिइएको र स्वदेशी नागरिकलाई पनि ६० हजारमा मात्र सीमित गरिएको थियो।

यसका कारणले गर्दा साउदी अरेबियामा हालै सम्पन्न हज सेसन सुरक्षित रुपमा सम्पन्न भएको, अर्थात् कोभिड फ्रि रुपमा नै यो सम्पन्न भएको उनले जानकारी दिएको हुन्।

प्रकाशित मिति: १२:११ बजे, शुक्रबार, साउन ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्