Kathmandu Press

रेल चढेर ल्हासा आए चिनियाँ राष्ट्रपति सी

चिनियाँ राष्ट्रपति सी जिनपिङ स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासा भ्रमणमा आएका छन् । राष्ट्रपति बनेपछि उनको यो पहिलो तिब्बत भ्रमण हो।
रेल चढेर ल्हासा आए चिनियाँ राष्ट्रपति सी

ल्हासा, साउन ८ : चिनियाँ राष्ट्रपति सी जिनपिङ स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासा भ्रमणमा आएका छन् । राष्ट्रपति बनेपछि उनको यो पहिलो तिब्बत भ्रमण हो ।

उनी गत बुधबार तिब्बतको निङ्ची प्रिफेक्चर आएका थिए। निङ्चीबाट रेल चढेर उनी बिहीबार ल्हासा पुगेका हुन् ।

ल्हासा-निङ्ची रेल सेवा भरखरै सञ्चालनमा आएको हो, जुन प्रतिघण्टा १६० किलोमिटर यात्रा तय गर्छ । ४७ वटा सुरुङ र एक सय २१ वटा पुल रेलमार्गमा निर्माण गरिएको छ । ल्हासा-निङ्ची रेलमार्ग चार सय ३५ किलोमिटर छ, जसलाई पार गर्न उक्त रेललाई तीन घण्टा २९ मिनेट लाग्छ।

प्रकाशित मिति: ११:१८ बजे, शुक्रबार, साउन ८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्