Kathmandu Press

थाइल्यान्ड र कम्बोडियाबीचको सैन्य झडपमा एक सैनिकसहित १२ मारिए

बीबीसीका अनुसार विहीबार दुई देशका सेनाविच भिडन्त हुँदा एक सैनिकसहित १२ जनाको मृत्यु भएको छ। थाइल्यान्डका स्वास्थ्यमन्त्रीले एक सैनिक र ११ सर्वसाधारण मारिएको जानकारी दिएको जनाइएको छ। 
थाइल्यान्ड र कम्बोडियाबीचको सैन्य झडपमा एक सैनिकसहित १२ मारिए

काठमाडौं, साउन ८ : थाइल्यान्ड र कम्बोडियाका सेनाबीच सीमा क्षेत्रमा तनाव उत्पन्न भएको छ। 

बीबीसीका अनुसार विहीबार दुई देशका सेनाविच भिडन्त हुँदा एक सैनिकसहित १२ जनाको मृत्यु भएको छ। थाइल्यान्डका स्वास्थ्यमन्त्रीले एक सैनिक र ११ सर्वसाधारण मारिएको जानकारी दिएको जनाइएको छ। 

कम्बोडियाले भने हताहत र घाइतेबारे कुनै जानकारी सार्वजनिक गरेको छैन। कम्बोडियामाथि थाई गाउँमा रकेट प्रहार गरेको आरोप छ। यस्तै थाइल्याण्डका अस्पतालमाथि आक्रमण गरेको आरोप समेत लागेको छ। थाइल्यान्डले कम्बोडियाका सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको जनाइएको छ। 

दुईपक्षीय भिडन्तपछि थाइल्यान्डले कम्बोडियासँगको सम्पूर्ण सीमा बन्द गर्दै सीमानजिक रहेका आफ्ना सबै नागरिकलाई टाढा जान निर्देशन दिएको छ। तनावका कारण दक्षिणपूर्वी एसियाली छिमेकीको लामो समयदेखिको विवादलाई थप जटिलतातर्फ धकेलेको छ। 

कम्बोडियाले थाइल्यान्डमाथि सीमाको कम्बोडियाली पक्षमा अत्यधिक बल प्रयोग गरेको आरोप लगाएको छ । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले बिहीबार बिहान फेसबुक पोस्टमा थाइल्यान्डसँगको बढ्दो तनावका बीच नागरिकलाई शान्त रहन आग्रह गरेका छन्।

प्रधानमन्त्री हुन मानेटले फेसबुकमा लेखेका छन्, ‘कम्बोडियाले सधैँ शान्तिपूर्ण माध्यमबाट विवाद समाधान गर्ने सिद्धान्तमा अडिग छ। तर, यस अवस्थामा, हामीसँग सशस्त्र आक्रमणको जवाफमा सैन्य बल प्रयोग गर्नुको विकल्प छैन।’  

प्रकाशित मिति: १५:३० बजे, बिहीबार, साउन ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्