जन्मसिद्ध नागरिकता नदिने अमेरिकी राष्ट्रपतिको आदेश असंवैधानिक ठहर
‘तल्लो अदालतको राष्ट्रपतिको आदेश अमेरिकी संविधानको उल्लंघन हो भन्ने निष्कर्ष सही छ । हामी त्यससँग पूर्णतः सहमत छौँ । संविधानको अवहेलना केवल राजनीतिक फाइदाका लागि गर्न मिल्दैन।’
काठमाडौं, साउन ८ : अमेरिकामा जन्मिने गैरकानुनी वा अस्थायी आप्रवासीका बच्चालाई नागरिकता दिने व्यवस्था खारेज गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई अदालतले असंवैधानिक घोषणा गरेको छ।
संघीय अदालतले ट्रम्पको आदेश संविधानविपरित ठहर गरेको हो । तीनजना न्यायाधीश संलग्न इजलासले ट्रम्पको आदेश असंवैधानिक ठहर गरेको वासिङटन पोष्टले जनाएको छ । यसअघि सियाटलका जिल्ला न्यायाधीश जोन सी. कगनरले ट्रम्पको आदेशमा रोक लगाएका थिए।
संघिय अदालतको आदेशमा भनिएको छ, ‘तल्लो अदालतको राष्ट्रपतिको आदेश अमेरिकी संविधानको उल्लंघन हो भन्ने निष्कर्ष सही छ । हामी त्यससँग पूर्णतः सहमत छौँ । संविधानको अवहेलना केवल राजनीतिक फाइदाका लागि गर्न मिल्दैन।’
उक्त यस मुद्दामा अमेरिकी संविधानको १४औँ संशोधन अन्तर्गतको सिटिजनसिप क्लज प्रमुख आधार बनाइएको जनाइएको छ । वासिङ्टन, एरिजोना, इलिनोइस र ओरेगन राज्यले अदालतमा दायर गरेको रिट निवदेनमा अमेरिकाका केही राज्यमा जन्मसिद्ध नागरिकता लागु भए र अन्य राज्यमा नभए अराजकता फैलिन सक्ने दाबी गरिएको थियो।
ट्रम्पको आदेश देशभर लागु गर्न नपाइने निर्णय कायम भएको छ। उक्त मुद्दामा ट्रम्पद्वारा नियुक्त न्यायाधीश पैट्रिक बुमाटायले भने बहुमतको निर्णयसँग असहमति जनाएका छन्। उनको रायमा भनिएको छ, ‘राज्यहरूलाई यस्तो मुद्दा दायर गर्न कानुनी अधिकार छैन।’
फैसलापछि ट्रम्प प्रशासन वा उनका समर्थकहरूले सुप्रिम कोर्टमा अपिल गर्न सक्ने अधिकार भने बाँकी रहेको समाचारमा उल्लेख छ । सुप्रिम कोर्टबाट अन्तिम फैसला नआउञ्जेलसम्मका लागि ट्रम्पको आदेश भने निलम्बित अवस्थामा नै रहने छ।
समाचारमा जनाइए अनुसार अमेरिकाभर यससम्बन्धी नौवटा छुट्टाछुट्टै मुद्दा दायर भइसकेका छन्।
-(56)-1764919423.jpg)



-(56)-1764919423.jpg)





