Kathmandu Press

नयाँ दिल्लीमा भूकम्पको धक्का

भूकम्प गएको समय छोटो भएपनि यस क्षेत्रका अधिकांश मानिसहरू घरबाट बाहिर निस्कन बाध्य भएको बताइएको छ।
नयाँ दिल्लीमा भूकम्पको धक्का

काठमाडौं, असार २६ : बिहीबार बिहान भारतको राजधानी नयाँ दिल्लीमा ४.४ म्याग्निच्युडको भूकम्प गएको भारतीय सञ्चार माध्ययमहरुले जनाएका छन्।

स्थानिय समय अनुसार बिहान ५ः३६ मा भुकम्पको धक्का महशुस भएको भारतीय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन्। 

भुकम्पका कारण राजधानी दिल्ली सहित नोएडा, गुरुग्राम र आसपासका क्षेत्रका बासिन्दाहरूलाई त्रसित भएका छन्। भूकम्प गएको समय छोटो भएपनि यस क्षेत्रका अधिकांश मानिसहरू घरबाट बाहिर निस्कन बाध्य भएको बताइएको छ।

यद्यपी, हाल सम्म कुनै पनि मानविय हताहत वा क्षति भएको खबरहरु भने आएका छैनन्। तर त्यहाँको स्थानिय सरकारले सबैलाई सचेत रहन आग्रह गरेको छ।
 

प्रकाशित मिति: ११:०० बजे, बिहीबार, असार २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्