Kathmandu Press

मधेशका पूर्वप्रमुख अहिराजविरुद्ध बलात्कारको आरोपमा मुद्दा 

बलात्कारको आरोपमा गत ४ साउनमा पक्राउ परेका झालाई प्रहरीको अनुसन्धानपछि सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। 
मधेशका पूर्वप्रमुख अहिराजविरुद्ध बलात्कारको आरोपमा मुद्दा 

काठमाडौं, साउन १३ : बलात्कारको आरोपमा मधेश प्रदेशका पूर्वप्रमुख डा.राजेश अहिराज भनिने राजेश झाविरुद्ध मंगलबार मुद्दा दायर भएको छ।

बलात्कारको आरोपमा गत ४ साउनमा पक्राउ परेका झालाई प्रहरीको अनुसन्धानपछि सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। 

अहिराजले एक युवतीलाई उन्को डेरामा पुगेर बलात्कार गरेको अभियोग लगाइएको छ। पीडित भनिएकी ति युवतीले आफूलाई २०८१ साल जेठ ४ गते नयाँ बानेश्वरस्थित कोठामा बलात्कृत भएको प्रहरी बयानमा बताएकी छन्। 

अहिराजलाई बलात्कार अभियोगमा सात वर्षदेखि १० वर्षसम्म जेल सजायको माग राखेर मुद्दा दर्ता गरिएको हो । 

प्रकाशित मिति: १८:५४ बजे, मंगलबार, साउन १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्