Kathmandu Press

रास्वपा लक्षित प्रधानमन्त्रीको कटाक्ष– हस्ताक्षर क्याम्पेन तीन करोड माथि नपुर्याउनुस् 

‘विभिन्न प्रकारका अपराध गर्यो। अनि सरकारलाई गाली । सरकार अदालत होइन, अदालतले थुन्छ कि छाड्छ सरकारको हातमा हुँदैन। ठगी गरेपछि अदालतले थुन्छ त हामी के गर्ने ?’ 
रास्वपा लक्षित प्रधानमन्त्रीको कटाक्ष– हस्ताक्षर क्याम्पेन तीन करोड माथि नपुर्याउनुस् 
फाइल तस्बिर।

धनगढी, साउन १३ : प्रधानमन्त्री केपी ओलीले रास्वपाले चलाएको हस्ताक्षर अभियानप्रति कटाक्ष गरेका छन्।

रास्वपा सभापति रवि लामिछानेलाई प्रतिशोध राखेको भन्दै चलाइएको हस्ताक्षर क्याम्पेनलाई लिएर प्रधानमन्त्री ओलीले कटाक्ष गरेका हुन्। 

Hardik ivf

धगढीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘विभिन्न प्रकारका अपराध गर्यो। अनि सरकारलाई गाली । सरकार अदालत होइन, अदालतले थुन्छ कि छाड्छ सरकारको हातमा हुँदैन। ठगी गरेपछि अदालतले थुन्छ त हामी के गर्ने ?’ 

ओलीले तथाकथित हस्ताक्षर क्याम्पेन चलाइएको भन्दै आफुलाई डर लागेको पनि बताए। उनले भने, ‘तीन करोडभन्दा माथि हस्ताक्षर क्याम्पेन भयो भने, सचेत हुनुस् है, तीन करोडभन्दा माथि नपु¥याउनुस्।’ 

उनले रास्वपाले कीर्ते हस्ताक्षर गरेर अनावश्यक प्रचार गरिरहेको आरोप समेत लगाए । प्रधानमन्त्रीको थप भनाई थियो, ‘दुई–चार जनालाई सही गरायो, घरमा गएर दनादन दनादन हस्ताक्षर क्याम्पेन, अहिले त कति हो लाख भन्छन्।’ 

प्रधानमन्त्री ओलीले आफुले लामिछानेमाथि प्रतिशोध नराखेको समेत स्पष्ट पारे। ‘गर्ने बेलामा नचाहिने काम गर्ने, गर्ने बेलामा आँखा नदेख्ने, अनि पछि लौ प्रतिशोध, मैले बनाएको हो गृहमन्त्री, मैले ल्याएको हो राजनीतिमा, के को प्रतिशोध ?,’ ओलीले भने। 

 


 

प्रकाशित मिति: १९:४८ बजे, मंगलबार, साउन १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्