Kathmandu Press

सिरियामा इजरायली मिसाइल आक्रमण

दमासकस, साउन ७ : बुधबारको मध्यरातिदेखि इजरायली सेनाले सिरियामाथि मिसाइल हमला गरेको सिरियाबाट प्राप्त भएको समाचारमा जनाइएको छ।सिरियाको मध्य शहर होम्समा इजरायली सेनाले सो...
सिरियामा इजरायली मिसाइल आक्रमण

दमासकस, साउन ७ : बुधबारको मध्यरातिदेखि इजरायली सेनाले सिरियामाथि मिसाइल हमला गरेको सिरियाबाट प्राप्त भएको समाचारमा जनाइएको छ।

सिरियाको मध्य शहर होम्समा इजरायली सेनाले सो हमला गरेको बताइएको छ। बुधबार मध्यरातिदेखि होम्स शहरमा इजरायलले मिसाइल हानेको उक्त समाचारमा जनाइएको छ।

Hardik ivf

सिरियाको समाचार समिति सानाले सो समाचार दिएको छ। सानाका अनुसार गत राति मध्यदेखि सिरियामा सो हमला भएको हो। उक्त साना समाचार समितिले सो हमला इजरायली सेनाले गरेको पुष्टि भएको पनि बताएको छ। मध्य सिरियाली शहर होम्सको क्वासेर क्षेत्रमा सो हमला केन्द्रित रहेको पाइएको छ। उक्त क्षेत्रमा सिरियाली सेनाले पनि प्रतिरक्षा गरेर मिसाइल प्रहार गरेको छ।

त्यसबाट भएको हताहतको समाचार भने आएको छैन। ती आक्रमणबाट के कति मानिस हताहत भएका छन् भन्ने बारेमा खोजी भएको बताइएको छ। केही दिनयतादेखि इजरायलले सिरियामाथि हमला गरिरहेको छ। गत सोमबार मात्र पनि इजरायलले उत्तरी सिरियाली सहर अलेपोमा आक्रमण गरेको थियो।

यस विषयमा सिरियाले भने कुनै प्रतिक्रिया दिएको छैन। सिरियामा अहिले पनि हिंसा जारी रहेको छ र विभिन्न हिंसात्मक समूहहरुका कारण नागरिकको ज्यान जाने क्रम जारी छ।
 

प्रकाशित मिति: १२:०५ बजे, बिहीबार, साउन ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्