Kathmandu Press

रुकुम पूर्वको सदरमुकाम विवादमा सर्वोच्चद्वारा सरकारसँग कारण माग 

 रुकुम पूर्वका प्रमुख दलका स्थानीय, प्रदेश र सङ्घका जनप्रतिनिधिहरूले सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त विषयमा छलफलका लागि अर्को सुनुवाई यही साउन २० गतेका लागि राखिएको छ। 
रुकुम पूर्वको सदरमुकाम विवादमा सर्वोच्चद्वारा सरकारसँग कारण माग 

काठमाडौं, साउन १६ : सर्वोच्च अदालतले सरकारबाट रुकुम पूर्वको सदरमुकाम रुकुमकोट तोक्ने गरी सरकारबाट भएको निर्णयविरुद्ध दर्ता भएको एक रिटमा कारण माग गरेको छ। 

सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सरकारसँग लिखित कारण माग गरेको छ।

Hardik ivf

 रुकुम पूर्वका प्रमुख दलका स्थानीय, प्रदेश र सङ्घका जनप्रतिनिधिहरूले सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त विषयमा छलफलका लागि अर्को सुनुवाई यही साउन २० गतेका लागि राखिएको छ। 

सरकारले गत साउन ७ गते रुकुम पूर्वको सदरमुकाम सिस्ने गाउँपालिका–५ र ६ स्थित रुकुमकोटमा तोक्ने निर्णय गरेपछि सर्वोच्चमा रिट परेको हो। 

रिट निवेदकहरुमा नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य कुसुमदेवी थापा, माओवादीबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य सुरुल पुनमगर र दिलकुमारी बुढामगर, पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगर र भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले र नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य सरिता पुनमगर छन्। 

रिटमा सरकारको निर्णय खारेजीको माग गरिएको छ। सरकारको निर्णय रोक्ने वा नरोक्ने बिषयमा दुईतर्फी छलफलपछि अन्तरिम आदेशको टुंगो साउन २० गते लाग्ने भएको छ। 
 

प्रकाशित मिति: १९:३४ बजे, शुक्रबार, साउन १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्