Kathmandu Press

‘रोग लाग्न नदिन हामीले रोगका कारण र बाटाहरुलाई बन्द गर्ने प्रयास गर्नुपर्छ’

पूर्ण खोप घोषणा गर्दै प्रधानमन्त्री ओलीले रोगका कारण र बाटाहरुलाई बन्द गर्ने प्रयास गर्नुपर्ने बताए। उनले कुनै पनि समयमा रोग लाग्न सक्ने भन्दै  त्यसको एउटा उपाय खोप नै भएको बताए।
‘रोग लाग्न नदिन हामीले रोगका कारण र बाटाहरुलाई बन्द गर्ने प्रयास गर्नुपर्छ’

काठमाडौं, साउन १६ : प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा आज बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ।

प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन्। 

Hardik ivf

पूर्ण खोप घोषणा गर्दै प्रधानमन्त्री ओलीले रोगका कारण र बाटाहरुलाई बन्द गर्ने प्रयास गर्नुपर्ने बताए। उनले कुनै पनि समयमा रोग लाग्न सक्ने भन्दै  त्यसको एउटा उपाय खोप नै भएको बताए।

‘रोग लाग्न सक्छ तर हामीले रोगका कारण र बाटाहरुलाई बन्द गर्ने प्रयास गर्नुपर्छ । त्यसको एउटा उपाय खोप हो। यो अभियान सफल हुँदै गएकामा म खुसी व्यक्त गर्दछु,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो संविधानले स्वास्थ्य सेवालाई मौलिक हकमा समावेश गरेको छ । उक्त हक प्राप्तिको दिशामा खोप अभियान सार्थक भएको छ।’

प्रधानमन्त्री ओलीले २०८३ मा नेपाल विकासशील मुलुकमा स्तरोन्नती हुने बताउँदै त्यसका लागि पनि यो अभियान महत्वपूर्ण साबित भएको बताए। उनले यस्ता अभियान अन्य प्रदेशमा पनि सञ्चालन गर्न प्रेरित गर्नुपर्ने बताए। 

पूर्ण खोप घोषणा भएकोमा प्रदेशलाई बधाई दिँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य प्राप्तिका लागि निरोगी नेपाल अभियान सञ्चालन गरिएको बताए। 

उनले नेपालमा मानिसका साथै पशुपंक्षी र  वनस्पति पनि निरोगी हुन् तथा सहर र गाउँ सफा रहुन् भन्ने सोचका साथ काम गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा प्रधानमन्त्री ओलीले खोप समितिको प्रमाणपत्र प्रदेशका स्वास्थ्यमन्त्री किरण थापालाई हस्तान्तरण गरे। कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रको डिजिटल हेल्थ कार्यक्रमको पनि उद्घाटन गरे। 
 

प्रकाशित मिति: १७:०५ बजे, शुक्रबार, साउन १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्