Kathmandu Press

अमेरिकी राष्ट्रपति र जोर्डनका राजाबीच भेटवार्ता

वासिङटन, साउन ५ : अमेरिकी राष्ट्रपति जो बाइडेन र जोर्डनका राजाबीच द्धिपक्षीय हित र अन्य आपसी सम्बन्धका विषया वार्ता भएको छ। अमेरिकी राष्ट्रपति जो...
अमेरिकी राष्ट्रपति र जोर्डनका राजाबीच भेटवार्ता
तस्बिरः एएफपी

वासिङटन, साउन ५ : अमेरिकी राष्ट्रपति जो बाइडेन र जोर्डनका राजाबीच द्धिपक्षीय हित र अन्य आपसी सम्बन्धका विषया वार्ता भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेन र जोर्डनका राजा अब्दुल्लाह द्धितीयबीच सोमबार भेटवार्ता भएको ह्वाइट हाउसले जनाएको छ।

त्यस क्रममा उनीहरुबीच अन्य क्षेत्रीय विषयमा पनि कुराकानी भएको बताइएको छ। जोर्डनका राजा अब्दुल्लाह द्धितीय हाल अमेरिकाको भ्रमणमा छन् । ह्वाइट हाउसले प्रकाशन गरेको विज्ञप्तिकाअनुसार अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिका जोर्डनसँगको आपसी समझदारी र सहयोगलाई निरन्तरता दिन चाहेको बताएका थिए।

Hardik ivf

इजरायल प्यालेस्टाइनबीचको विवादमा जोर्डनले खेलेको भूमिकाको अमेरिकी राष्ट्रपति बाइडेनले प्रशंसा गरेको पनि सो विज्ञप्तिमा जनाइएको छ। हालैमात्र इराकको राजधानी बगदादमा इराक, जोर्डन र इजिप्टका बीचमाम त्रिपक्षीय सम्मेलन पनि भएको थियो।

अमेरिकी राष्ट्रपति बाइडेनले सो सम्मेलनमा जोर्डनको भूमिकाको सराहना गरेको पनि ह्वाइट हाउसले जनाएको छ। उनीहरुबीच सिरियाको बारेमा पनि कुराकानी भएको थियो। उनीहरुले सिरियामा शान्ति स्थापनाका लागि आवश्यक सहयोग गर्ने बारेमा पनि छलफल गरेको समाचारमा जनाइएको छ।
 

प्रकाशित मिति: १३:०६ बजे, मंगलबार, साउन ५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्