Kathmandu Press

सर्वोच्चसहित २३ अदालतमा क्षति, निर्देशिका बनाएर अड्को फुकाउने तयारी  

अदालतको भौतिक संरचना जलेर नष्ट भएसँगै मुद्दाका अधिकाँस मिसिल पनि खरानी भएका छन्। सर्वोच्च अदालतले जनाए अनुसार पूर्णरूपमा क्षति भएका अदालतका मुद्दाका मिसिल सबै नष्ट भएका छन्। 
सर्वोच्चसहित २३ अदालतमा क्षति, निर्देशिका बनाएर अड्को फुकाउने तयारी  

काठमाडौं, असोज २ : जेनजी आन्दोलनका क्रममा सर्वोच्च, विशेष र जिल्ला अदालत गरी २३ अदालत भवनमा क्षति पुगेको छ। 

अदालतको भौतिक संरचना जलेर नष्ट भएसँगै मुद्दाका अधिकाँस मिसिल पनि खरानी भएका छन्। सर्वोच्च अदालतले जनाए अनुसार पूर्णरूपमा क्षति भएका अदालतका मुद्दाका मिसिल सबै नष्ट भएका छन्। 

Hardik ivf

सर्वोच्चको आइटी शाखा र सवारीसाधन पनि ठूलो मात्रामा क्षति पुगेको छ। अगजनीबाट आंशिक क्षति भएका अदालतमा केही मुद्दाका मिसिल जोगिएका छन्। 

सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाका अनुसार पूर्णरूपमा नष्ट भएका मिसिलको हकमा सर्वोच्च अदालतको फूलकोर्टले निर्देशिका बनाउने निर्णय गरेको छ। सर्वोच्च अदालतमा मात्र चालु अवस्थामा झण्डै २६ हजारको हाराहारीमा मुद्दा थिए। 

सर्वोच्च अदालतमा जटील अवस्थाका विच बिहीबार पाल मुनी दुईवटा इजलास सञ्चालन गरिएको छ। सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र कुमार रेग्मीको इजलासमा सुनुवाई शुरु भएको छ। दुई थान बन्दी प्रत्यक्षीकरणका निवेदनमाथि सुनुवाइ भएको थियो। आगजनीका कारण इजलास सञ्चालन गर्ने स्थानको समेत अभाव देखएको छ। 

सर्वोच्च अदालतको फूलकोर्ट बैठकले न्यायिक प्रक्रियालाई अगाडि बढाउन बन्दी प्रत्यक्षीकरण रिटमा सनुवाइ अगाडि बढाउन गरेको निर्णयअनुसार पालमुनिबाटै इजलास सुरु गरिएको हो। 

प्रकाशित मिति: १९:०३ बजे, बिहीबार, असोज २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्