Kathmandu Press

बीमा प्राधिकरणका निलम्वित अध्यक्ष ओझालाई हाजिर नगर्न अर्थको निर्देशन

सर्वोच्चको अल्पकालिन अन्तरिम आदेशलाई आधार बनाउँदै मंगलबार कार्यालयमा पुगेर ओझाले हाजिर गरेका थिए। 
बीमा प्राधिकरणका निलम्वित अध्यक्ष ओझालाई हाजिर नगर्न अर्थको निर्देशन

काठमाडौं, असोज २ : अर्थ मन्त्रालयले बीमा प्राधिकरणका निलम्वित अध्यक्ष शरद ओझालाई हाजिर नगर्न बिहीबार निर्देशन दिएको छ।

मन्त्रालयले ओझालाई पुनर्बहाली गर्ने निर्णय नभएको जनाएको छ । उनलाई अध्यक्षको रुपमा कार्य नगर्न भनिएको छ।

Hardik ivf

सर्वोच्चको अल्पकालिन अन्तरिम आदेशलाई आधार बनाउँदै मंगलबार कार्यालयमा पुगेर ओझाले हाजिर गरेका थिए। 

सर्वोच्चका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले ओझालाई बर्खास्त गर्ने अघिल्लो सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगरी यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिँदै पक्षविपक्षलाई छलफलमा डाकेको थियो। 

त्यही आदेश देखाएर ओझाले मंगलबार प्राधिकरणमा अध्यक्षको पुनर्बहाली गरेका थिए । अर्थमन्त्रालयले अध्यक्षको जिम्मेवारीमा रही काम नगर्न निर्देशन दिएको छ । मन्त्रालयले पदबहालीको आधार र प्रमाण खुलाएर मन्त्रालयमा पठाउन समेत निर्देशन दिएको छ। 

ओझालाई सरकारले गत भदौ २ गते बर्खास्त गर्ने निर्णय गरेको थियो । उनलाई खराब आचरण र कार्यक्षमतामाथि प्रश्न उठाएर बर्खास्त गर्ने निर्णय भएको थियो। 

सरकारले उनका बिषयमा उच्च अदालतका पूर्व न्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति पनि गठन गरेको थियो। छानविन समितिको सुझाव अनुसार ओझा बर्खास्त भएका हुन्। 

प्रकाशित मिति: १९:०० बजे, बिहीबार, असोज २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्