Kathmandu Press

महँगी नियन्त्रण र विपद् पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण

‘आज तरकारी किन्न जाँदा रायोसाग प्रतिकेजी २७० पुगेछ। चिनी प्रतिकेजी १७०, आलु, प्याज, तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्य दिनप्रतिदिन आकाशिएको छ। कुखुराको मासु झन्डै ५००, खसी–बोकाको १ हजार ७०० भन्दा माथि छ,’ उनले भनिन्।
महँगी नियन्त्रण र विपद् पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण

काठमाडौं, असाेज ६ : नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले तरकारी, खाद्यान्न, मासु, तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा सर्वसाधारण मारमा परेको बताइन्। उनले बजारमा रायोसाग प्रतिकेजी २७० रुपैयाँ, चिनी १७० रुपैयाँ, कुखुराको मासु करिब ५०० रुपैयाँ तथा खसी–बोकाको मासु १ हजार ७०० रुपैयाँभन्दा बढी पुगेको उल्लेख गरिन्।

‘आज तरकारी किन्न जाँदा रायोसाग प्रतिकेजी २७० पुगेछ। चिनी प्रतिकेजी १७०, आलु, प्याज, तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्य दिनप्रतिदिन आकाशिएको छ। कुखुराको मासु झन्डै ५००, खसी–बोकाको १ हजार ७०० भन्दा माथि छ,’ उनले भनिन्।

मूल्यवृद्धिबारे प्रश्न गर्दा सरकार र सरकार निकट व्यक्तिबाट विगत ३५ वर्षमा के गरियो भन्ने जवाफ आउने गरेको भन्दै उनले पछिल्लो समय मध्यपूर्वको युद्ध तथा सडक अवरोधजस्ता बाह्य कारण देखाएर सरकार पन्छिन नमिल्ने बताइन्।

ग्यासको अभावसमेत कायमै रहेको उल्लेख गर्दै शर्माले दशैं, तिहार र छठजस्ता चाडपर्वको समयमा दैनिक उपभोग्य वस्तुको मूल्य थप बढिरहेकोप्रति चिन्ता व्यक्त गरिन् । उनले कालोबजारी तथा मूल्य नियन्त्रणका लागि जिम्मेवार राज्यका संयन्त्रको भूमिकामाथि प्रश्न उठाउँदै उपभोक्तालाई सहज रूपमा आवश्यक वस्तु उपलब्ध गराउन सरकारसँग माग गरिन्।

उनले भनिन्, ‘किन यति महँगो भनेर सोध्यो भने सरकार र सरकारनिकट व्यक्तिहरूको डाइरेक्ट जवाफ आउँछ, ३५ वर्ष के गर्यौं ? अहिले त मध्यपूर्वको युद्ध र बाटो बन्द भएर बाहिरी कारणले हो नि, सरकारको हो र भनिन्छ । ग्यासको हाहाकार त यथावत् नै छ । दसैं, तिहार र छठजस्ता चाडपर्वको मुखमा मूल्य निरन्तर उकालो लागेको छ । कालोबजारी र मूल्य नियन्त्रण गर्ने राज्यका संयन्त्रले के गरेका छन् ? जनताका दैनिक उपभोग्य वस्तुको सहजीकरण गर्नुपर्दैन र ?’

त्यस्तै, मौसम पूर्वानुमान महाशाखाले केही दिन अझै वर्षा तथा बाढीपहिरोको जोखिम रहेको जनाएको अवस्थामा विपद् व्यवस्थापनका लागि सरकारले गरेको पूर्वतयारीबारे पनि उनले प्रश्न उठाइन् । आगामी दिनमा जनताले भोटेकोशीमा जस्तै विपद्को अवस्था भोग्न नपरोस् भन्दै उनले सरकारलाई आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरिन् । 

प्रकाशित मिति: ११:४३ बजे, बुधबार, असोज ७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्