Kathmandu Press

सामान्य अङ्कले बढ्यो नेप्से  

काठमाडौं, असार १४ : शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि बढेको छ । आज नेप्से पाँच दशमलव ११ अङ्कले बढेर दुई हजार...
सामान्य अङ्कले बढ्यो नेप्से  
Hardik ivfHardik ivf

काठमाडौं, असार १४ : शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि बढेको छ । आज नेप्से पाँच दशमलव ११ अङ्कले बढेर दुई हजार आठ सय ७५ दशमलव ४९ विन्दुमा पुगेको हो ।

हिजो नेप्से २७ अङ्कभन्दा धेरैले बढेको थियो । आज माइक्रोफाइनान्स समूहको शेयर सबैभन्दा धेरै एक सय ११ दशमलव चार अङ्कले बढेको छ । त्यस्तै होटल तथा पर्यटन समूहको शेयर २० दशमलव २७ अङ्कले र जीवन बीमा समूहको शेयर १४ अङ्कभन्दा धेरैले बढेको छ ।

आज विकास बैंक समूहको शेयर भने सबैभन्दा धेरै ७० दशमलव ५८ अङ्कले घटेको छ । आज दुई सय १९ कम्पनीका एक करोड ९२ लाख ८२ हजार आठ सय १५ कित्ता शेयर सात अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएको छ । आज माथिल्लो तामाकोशी हाइड्रो पावरको ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज सबैको लघुवित्त वित्तीय संस्था र सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य आठ प्रतिशतभन्दा धेरैले बढेको छ । आज बेस्ट फाइनान्स कम्पनीको शेयर मूल्य भने सबैभन्दा धेरै पाँच दशमलव ४८ अङ्कले घटेको छ । 

प्रकाशित मिति: १८:१६ बजे, सोमबार, असार १४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्