नेप्से १६ अंकले घट्यो

काठमाडौं, असार १० : शेयर बजार नेप्से आज पनि १६ दशमलव ९६ अंकले घटेको छ ।
पछिल्ला दिन घट्दो क्रममा रहेको शेयर बजार आज पनि १६ दशमलव ९६ अंकले घटेर २८ सय ४३ विन्दुमा झरेको हो ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ३.१७ अंकले घटेर ५२५ दशमलव ६४ विन्दुमा रोकिएको छ । नेप्सेको अनुसार आज २१९ कम्पनीको ७८ हजार ९८३ पटक कारोबार भएर ७ अर्ब ३ करोड ३६ लाख ३ हजार ७४० रुपैयाँ बराबरको १ करोड ३२ लाख १० हजार ३६९ कित्ता शेयर खरिद बिक्रि भएको छ ।
आज होटल र हाइड्रोपावर बाहेक सबै उपसमूहका सूचक घटेका छन् ।
प्रकाशित मिति: १८:२५ बजे, बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार