Kathmandu Press

थारू आयोगकी सदस्य मोदीले काबा अध्यक्ष थारूलाई कार्यकक्षमा थुनिन् 

कार्यबाहक अध्यक्ष थारूले काम गरिरहेका बेला सदस्य मोदीले बाहिरबाट ताला लगाएकी हुन्। हाजिरीको विषयमा विवाद हुँदा मोदीले थारुलाई थुनेकी थिइन्। 
थारू आयोगकी सदस्य मोदीले काबा अध्यक्ष थारूलाई कार्यकक्षमा थुनिन् 

काठमाडौं, साउन १८ : थारू आयोगका कार्यबाहक अध्यक्ष सुबोध सिंह थारूलाई सदस्य शान्ति मोदीले कार्यकक्षमा ताला लगाएर थुनिदिएकी छन्। 

कार्यबाहक अध्यक्ष थारूले काम गरिरहेका बेला सदस्य मोदीले बाहिरबाट ताला लगाएकी हुन्। हाजिरीको विषयमा विवाद हुँदा मोदीले थारुलाई थुनेकी थिइन्। 

प्रहरीले ताला खुलाएर थारुलाई बाहिर निकालेको छ। दिउँसो साढे १२ बजेदेखि विवाद सुरू भएको थियो। 

काबा अध्यक्ष थारु थुनिएपछि सिंहदरबार प्रहरी वृत्तका प्रहरी आएर ढोका खोलेको थियो। सदस्य मोदीले आफूलाई हाजिरी गर्न नदिएपछि कार्यबाहक अध्यक्षको कार्यकक्षमा ताला लगाइदिएको बताएकी छन्। 

प्रकाशित मिति: १६:४२ बजे, आइतबार, साउन १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्