Kathmandu Press

उत्तर कोरियामा चर्को भोकमरी

उत्तर कोरियाका नागरिकले चर्को भोकमरीको सामना गर्नुपरिहेको छ ।
उत्तर कोरियामा चर्को भोकमरी
Hardik ivfHardik ivf

सोल, असार ४ : उत्तर कोरियाका नागरिकले चर्को भोकमरीको सामना गर्नुपरिहेको छ ।

पहिलोपटक उत्तर कोरियाका नेता किम जोङ–उनले देशले भोकमरीसँग जुध्नुपरिरहेको स्वीकारेका छन् ।

गत वर्षको बाढीका कारण कृषि उत्पादन ह्वात्तै घटेकाले यो अवस्था आएको उनको दाबी छ । बीबीसीका अनुसार उत्तर कोरियामा खाद्य सामग्रीको मूल्य आकाशिएको छ ।

उत्तर कोरियाको समाचार एजेन्सी एनके न्युजका अनुसार त्यहाँ केरा प्रतिकिलो ४५ सय डलर पुगेको उल्लेख गरेको छ । उत्तर कोरिया खाद्य सामग्री, मल र इन्धनका लागि चीनसँग निर्भर छ ।
 

प्रकाशित मिति: १३:१९ बजे, शुक्रबार, असार ४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्