Kathmandu Press

भारतमा 'ताउक ते' चक्रवातको वितण्डा

नयाँ दिल्ली, जेठ ३ : अरब सागरबाट सुरु भएको चक्रवात 'ताउक ते' ले भारतमा ठूलो क्षति पुर्याएको छ। ठूलो हावाहुरीसँगै आएको वर्षाका कारण...
भारतमा 'ताउक ते' चक्रवातको वितण्डा

नयाँ दिल्ली, जेठ ३ : अरब सागरबाट सुरु भएको चक्रवात 'ताउक ते' ले भारतमा ठूलो क्षति पुर्याएको छ। ठूलो हावाहुरीसँगै आएको वर्षाका कारण भारतका मुम्बई, कर्नाटक, गावा, गुजरात लगायतको क्षेत्रमा क्षति पुर्याएको छ। 

कर्नाटक र गोवामा चक्रवात 'ताउक ते'का कारण ६ जनाको मृत्यु भएको छ। आइतबारबाट सुरु भएको 'चक ते' उत्तरतर्फ बढिरहेको र सोमबार साँझसम्म चक्रवात गुजरात पुग्ने अनुमान गरिएको छ। 

केरला, कर्नाटक र गोवाको समुद्री तटीय क्षेत्रमा आइतबार आँधीबेहरीसहितको भारी वर्षासँगै उच्च समुद्री लहर आएको थियो। जसकारण दर्जनौं घर क्षतिग्रस्त हुनुका साथै बिजुलीका खम्बा र रुखहरू उखालिएका थिए। 

आज (आइतबार) भारतको मौसम विभागले मुम्बईमा ‘ओरेन्ज अर्लट’ जारी गरेको छ। विभागले 'चक ते' का कारण अधिक खतरा रहेको बताएको छ। ठूलो आँधीबेहरीका साथ भारी वर्षा हुने चेतावनी पनि दिइएको छ। 

मुम्बईमा भारी वर्षा : हवाई उडान र मोनो रेल स्थगित 

मुम्बईका विभिन्न स्थानमा चक्रवात 'ताउक ते' का कारण भारी वर्षा भइरहेको मौसम विभागले जनाएको छ। आज (आइतबार) बिहान ८ः१५ मा चेन्नईबाट मुम्बई यात्रा गरेको विमान भारी वर्षाका कारण सुरत पठाइएको छ। 

भारी वर्षाकै कारण मुम्बई अन्तर्राष्ट्रिय विमानस्थल ११ बजेदेखि दिउँसो २ बजेसम्मका लाग बन्द गरिएको छ। त्यस्तै, वर्षाका कारण मोनोरेल सेवा पनि बन्द गरिएको छ। 

मौसम विभागकाले अबको तीन घन्टाभित्र मुम्बईको थाने, राइगण, पलगरलगायत क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको बताएको छ। 

बान्द्रा-वर्ली समुद्री पुल बन्द 

'ताउक ते' चक्रवातका कारण आएको भारी वर्षाका कारण बान्द्रा-वर्ली समुद्री सडकखण्ड अर्को सूचना नआउँदासम्मका लागि बन्द गरिएको छ। बीएमसीले मुम्बईवासीलाई बान्द्रा-वर्ली समुद्री सडकखण्ड बन्द हुने भएकाले बाहिर जानुपरेमा वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ। साथै सबैलाई घरमै बस्न पनि आग्रह गरेको छ। 

'ताउक ते' साँझसम्म गुजरात पुग्ने 

'ताउक ते' चक्रवात साँझसम्म गुजरात पुग्ने मौसमविद्हरूले बताएका छन्। उनीहरुका अनसार १५५ देखि १६५ किलोमिटर प्रतिघण्टको गतिमा ताउकते गुजराततर्फ बढिरहेको छ। 

६ घण्टाअघिसम्म प्रतिघण्टा २० किमिको गतिमा रहेको ताउकते गति तीव्र रूपमा बढे्काले गुजरातमा ठूलो क्षति पुर्याउने अनुमान छ।

'ताउक ते' ले अस्पताल र स्कुल डुबायो, १५ हजार बढीलाई सुरक्षित स्थानमा सारियो

रत्नागिरि जिल्लाको सिभिल अस्पताल भारी वर्षाका कारण डुबानमा परेको छ। त्यस्तै तीन स्कुलमा पनि पूर्णतः क्षति भएको छ। अहिलेसम्म रत्नागिरि जिल्लामा ३ हजार ८ सय ९६ जनालाई सुरक्षित स्थानमा लगिएको छ। 

यस्तै महाराष्ट्रका समुद्री तटमा रहेको १२ हजार ४ सय २० जनालाई सुरक्षित स्थानमा लगिएको छ। 'चक ते' चक्रावतका कारण पुणेको भोरगिरि र भिवेगाउँका ७० घर नष्ट भएका छन्। 


 

प्रकाशित मिति: १३:३२ बजे, सोमबार, जेठ ३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्