मुख्यमन्त्री शाहले यही साउन १५ गते विश्वासको मत लिने
सरकारमा सहभागी दल नागरिक उन्मुक्ति पार्टीले गत असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन्।
कैलाली, साउन १२ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साउन १५ गते विश्वासको मत लिने भएका छन्।
सरकारमा सहभागी दल नागरिक उन्मुक्ति पार्टीले गत असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन्। नाउपाले समर्थन फिर्ता लिए पनि शाह नेतृत्वको सरकारसँग बहुमत कायम छ।
३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाबमोजिम मुख्यमन्त्री शाहले साउन १७ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने थियो।
सोमबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रदेशसभाको बैठकमा दलका नेता एवं मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन सर्वसम्मत निर्णय गरेको छ।
कांग्रेस संसदीय दलको बैठकपछि प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित रही मुख्यमन्त्री शाह पक्षमा मतदान गर्न ह्विप जारी गरिएको छ।
५३ सदस्यीय प्रदेशसभामा सरकारको नेतृत्व गरेको कांग्रेसका १८ र एमालेका ११ प्रदेशसभा सदस्य छन्। प्रमुख विपक्षी नेकपा माओवादी केन्द्रसँग ११, नेकपा एकीकृत समाजवादीसँग चार, एक राप्रपा र एक स्वतन्त्र सदस्य छन्।



-(56)-1764919423.jpg)






-1764760320.jpg)