Kathmandu Press

‘अन्तर्राष्ट्रिय यात्रा गर्न भ्याक्सिन पासपोर्टको विकल्प छैन’ 

दुबई, जेठ २ : दुबई अन्तर्राष्ट्रिय विमानस्थलका कार्यकारी प्रमुख पल ग्रिफिथ्सले अन्तर्राष्ट्रिय यात्रामा भ्याक्सिन पासपोर्टको विकल्प नभएको बताएका छन्। उनले अन्तर्राष्ट्रिय यात्रा सुरु गर्ने...
‘अन्तर्राष्ट्रिय यात्रा गर्न भ्याक्सिन पासपोर्टको विकल्प छैन’ 

दुबई, जेठ २ : दुबई अन्तर्राष्ट्रिय विमानस्थलका कार्यकारी प्रमुख पल ग्रिफिथ्सले अन्तर्राष्ट्रिय यात्रामा भ्याक्सिन पासपोर्टको विकल्प नभएको बताएका छन्। 

उनले अन्तर्राष्ट्रिय यात्रा सुरु गर्ने एक मात्र विकल्पका रूपमा भ्याक्सिन पासर्पोटलाई औंल्याएका हुन्। ‘भ्याक्सिन पासपोर्टको सट्टा कुनै पनि विकल्प छ जस्तो मलाई लाग्दैन,’ उनले भने। 

Hardik ivf

डिजिटल प्रणालीका आलोचकहरुले दुबई अन्तर्राष्ट्रिय विमानस्थलले यो नियम लागु गरेर खोप लगाउन नसक्नेहरुप्रति भेदभाव गरेको बताएका छन् । तर ग्रिफिथ्सले विमानस्थलले अन्तर्राष्ट्रिय यात्राका लागि भ्याक्सिन पासपोर्ट ‘अपरिहार्य’ रहेको बताएका हुन्। 

‘मलाई लाग्छ समस्या भ्याक्सिन पासपोर्ट र यसको भेदभाव होइन,’ उनले भने, ‘तर कोरोना भाइरसको संक्रमणलाई कम गर्न र विश्वव्यापी रुपमा उचित खोप अभियान चलाउन आवश्यक छ ।’  

दुबई (युनाइटेड अरब इमिरेट्स) मा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ५ लाख ४४ हजार ९ सय ३१ छ भने मुत्यु हुनेको संख्या १ हजार ६ सय २९ पुगेको छ । निको हुनेहरू ५ लाख २५ हजार ८० जना छन्। 

प्रकाशित मिति: १३:०७ बजे, आइतबार, जेठ २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्