Kathmandu Press

इजरायल–प्यालेस्टाइन तनाव : गाजामा इजरायलको निरन्तर आक्रमण

जेरुसलेम, वैशाख ३१ : इजरायली सेनाले प्यालेस्टाइनी शहर गाजामा आफ्नो आक्रमण तिव्र पारेको बताएको छ। शुक्रबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा प्यालेस्टिनी आतंकवादविरूद्ध इजरायली सैन्य...
इजरायल–प्यालेस्टाइन तनाव : गाजामा इजरायलको निरन्तर आक्रमण

जेरुसलेम, वैशाख ३१ : इजरायली सेनाले प्यालेस्टाइनी शहर गाजामा आफ्नो आक्रमण तिव्र पारेको बताएको छ। 

शुक्रबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा प्यालेस्टिनी आतंकवादविरूद्ध इजरायली सैन्य अप्रेसन आवश्यक पर्दासम्म जारी रहने बताएका छन् । उनले गाजामा शासन गर्ने इस्लामी समूह हमासले ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन्। 

Hardik ivf

प्यालेस्टाइनको आतंककारी समूह हामासले इजरायलमा लगातार रकेट प्रहार गरेपछि जवाफी कारबाही तीव्र पारिएको इजरायलका रक्षामन्त्री बेनी गान्ट्जले बताएका छन्। उनले बढ्दो द्वन्द्व नियन्त्रण गर्न र आन्तरिक शान्ति कायम गर्न पर्याप्त मात्रामा सेना परिचालन गरेको बताए। 

हमास समूहका एक सैन्य प्रवक्ताले इजरायलको सैनिकलाई हमासले ‘कठोर पाठ’ सिकाउन तयार रहेको प्रतिक्रिया दिएका छन् । 

इजरायल र प्यालेस्टाइनी आतंकारी समूह हामासबीच गत सोमबारबाट द्वन्द्व सुरु भएको थियो । उत्तल द्वन्द्वमा परी सयभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ भने इजरायलमा सात जनाको मृत्यु भएको छ। 
 

प्रकाशित मिति: ११:३१ बजे, शुक्रबार, वैशाख ३१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्