Kathmandu Press

विपीको प्रशंसा गर्दै ओलीले भने– विपीले नेपाल र भारतका लागि योगदान गरेका छन्

आइतबार पर्यटन मन्त्रालयद्वारा आयोजित ‘विपी कोइराला राष्ट्रिय पुरस्कार’ समर्पण समारोह कार्यक्रममा बोल्दै उनले भारतीय नेताहरु कठिन समयमा हुँदा उनले लुकेर काम गरेको बताएका हुन्।
विपीको प्रशंसा गर्दै ओलीले भने– विपीले नेपाल र भारतका लागि योगदान गरेका छन्

काठमाडौं, साउन ११ : प्रधानमन्त्री केपी ओलीले विपी कोइरालाले नेपालका लागि मात्रै नभइ भारतका लागि समेत काम गरेको बताएका छन्।

आइतबार पर्यटन मन्त्रालयद्वारा आयोजित ‘विपी कोइराला राष्ट्रिय पुरस्कार’ समर्पण समारोह कार्यक्रममा बोल्दै उनले भारतीय नेताहरु कठिन समयमा हुँदा उनले लुकेर काम गरेको बताएका हुन्।

Hardik ivf

‘विपी कोइराला नेपालका लागि मात्रै होइनन्। भारतमा ‘अंगे्रज भारत छोड्दो’ भन्ने आन्दोलनमा पनि पर्नु भएको थियो । भारत स्वतन्त्र गराउनका लागि समेत र भारतीय नेताहरु कठिन समयमा हुँदा बीपीले लुकेर समेत उनले काम गरेका थिए,’ उनले भने, ‘त्यसकारण नेपालका समाजवादीहरुको र भारतका समाजवादीहरुसँगको भावनात्मक सम्बन्ध हुनु एउटा महत्वपूर्ण कुरा थियो।’

उनले राजनीतिमा कतिखेरको जेल परिन्छ भन्न नसकिने भएकाले राजनीतिमा पूर्वाग्रह, प्रतिशोध भइरहने बताए। साथै उनले राजनीतिको दौडमा, परिर्वतनको झन्डा बोक्नेहरुमध्ये बीपी कोइराला समेत एक नेता रहेको उल्लेख गरे।
 

प्रकाशित मिति: १५:२४ बजे, आइतबार, साउन ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्