Kathmandu Press

सर्वोच्चका मुख्य रजिस्ट्रार ढकाल आजबाट अवकाशमा जाँदै 

पूर्वमुख्य रजिस्ट्रार राजन भट्टराई र लालबहादुर कुँवर पनि उच्च अदालतको न्यायाधीश हुँदै मुख्य न्यायाधीशका रुपमा कार्यरत छन्।
सर्वोच्चका मुख्य रजिस्ट्रार ढकाल आजबाट अवकाशमा जाँदै 

काठमाडौं, साउन ११ : ५८ वर्षे उमेर हदका कारण सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्र ढकालको आजबाट अवकास हुने भएको छ। 

ढकाल केही दिन अघिबाटै कार्यालय आउन छाडेका थिए । उनी २०८० पुसमा मुख्य सचिव सरहको मुख्य रजिस्ट्रार पदमा बढुवा भएका हुन्। 

Hardik ivf

सअघिका मुख्य रजिस्ट्रारहरुले उच्च अदालतको मुख्य न्यायाधीश र न्यायाधीश पदमा नियुक्ति पाए पनि ढकाल भने कर्मचारीकै रुपमा घर फर्किन थालेका हुन्। सर्वोच्चकै पूर्व मुख्य रजिस्ट्रारहरु नहकुल सुवेदी र नृपध्वज निरौला उच्च अदालतको मुख्य न्यायाधीश हुँदै सर्वोच्च अदालतको न्यायाधीश भइसकेका छन्। 

यस्तै पूर्वमुख्य रजिस्ट्रार राजन भट्टराई र लालबहादुर कुँवर पनि उच्च अदालतको न्यायाधीश हुँदै मुख्य न्यायाधीशका रुपमा कार्यरत छन्।

न्यायपालिका अधिकृत समाजले ढकाललाई उच्च अदालतको न्यायाधीश वा मुख्य न्यायाधीश बनाउन न्याय परिषद्का अध्यक्ष प्रकाशमानसिंह राउतदेखि सबै सदस्यहरुलाई ध्यानाकर्षणपत्र बुझाए पनि सुनुवाई हुन सकेन। 

समाजले उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दा न्याय सेवा न्याय समूहका योग्य अधिकृतहरूबाट अधिकतम संख्यामा नियुक्ति गर्न समेत माग राख्दै आएको छ। 
 

प्रकाशित मिति: १५:२१ बजे, आइतबार, साउन ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्