२७ हजार डिजिटल रोजगार सृर्जना गर्न माइक्रोसफ्ट र नाइजेरियाली सरकारबिच सहकार्य
अबुजा, वैशाख २१ : नाइजेरियमा आगामी तीन वर्षभित्र २७ हजार नयाँ डिजिटल रोजगारी सर्जना गर्न माइक्रोसफ्ट र नाइजेरियाली सरकारबिच सहकार्य गर्ने निर्णय भएको छ...
अबुजा, वैशाख २१ : नाइजेरियमा आगामी तीन वर्षभित्र २७ हजार नयाँ डिजिटल रोजगारी सर्जना गर्न माइक्रोसफ्ट र नाइजेरियाली सरकारबिच सहकार्य गर्ने निर्णय भएको छ ।
सोमबार माइक्रोसफ्ट र नाइजेरियाली सरकारबिच सहकार्य गर्ने निर्णय भएको हो ।
माइक्रोसफ्टका अध्यक्ष ब्राड स्मिथले नाइजेरियाली सरकारसँग सहकार्य गर्दै लगभग पचाँस लाख नाइजेरियालीलाई तालिम दिन एक हजार ७ सय प्रशिक्षकहरू प्रयोग गर्ने बताएका छन्।
माइक्रोसफ्टले नाइजेरियाको ६ वटा क्षेत्रहरूमा उच्च गतिको इन्टरनेट पूर्वाधार स्थापना गरी इन्टरनेटको पहुँचमा सुधार ल्याउँने योजना रहको अध्यक्ष ब्राडले बताएका छन् ।
नाइजेरियाका उप–राष्ट्रपति यमी ओसीनबाजोले सोमबार उत्त कार्यक्रम आगामी केही महिनामा सुरु हुने बताएका छन्।
प्रकाशित मिति: १४:३९ बजे, मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार