Kathmandu Press

यो साता प्राय: सबै उपसूचक सकारात्मक

नेप्से परिसूचक अघिल्लो साताको अन्तिम कारोबार दिन २४७५ दशमलव ०९ को विन्दुमा बन्द भएकोमा यो सातासम्म आउँदा नेप्से परिसूचक २५४८दशमलव ९६को विन्दुमा बन्द भएको छ।
यो साता प्राय: सबै उपसूचक सकारात्मक
Hardik ivfHardik ivf

काठमाडौं, चैत १४ : यो साता पाँच दिन नै शेयर कारोबार भएको छ । अघिल्लो सातासँग तुलना गर्दा यो साता नेप्से परिसूचकमा ७३ दशमलव ८७ अंंकको अर्थात २ दशमलव ९८प्रतिशतको बृद्धि रहेको छ। नेप्से परिसूचक अघिल्लो साताको अन्तिम कारोबार दिन २४७५ दशमलव ०९ को विन्दुमा बन्द भएकोमा यो सातासम्म आउँदा नेप्से परिसूचक २५४८दशमलव ९६को विन्दुमा बन्द भएको छ।

यो साता पनि होटल एण्ड टुरिजम उपसुचकमा सर्वाधिक बृद्धि रहेको छ। चन्द्रागिरी हिल्स लिमिटेडको मुल्यमा तिव्र बृद्धि भएवापत यो समूहमा पनि सकारात्मक असर परेको छ। यो साता होटल एण्ड टुरिजम उपसूचकमा २६ दशमलव ०६ प्रतिशतको बृद्धि रहेको छ। दोश्रो सर्वाधिक बृद्धि हुनेमा ट्रेडिङ्ग उपसूचक रहेको छ। यो उपसूचकमा २४ दशमलव २२ प्रतिशतको बृद्धि रहेको छ। यो साता गिरावट रहनेमा अन्य उपसूचक मात्र रहेकोछ। यो उपसूचकमा ० दशमलव ०५ प्रतिशतको मात्र गिरावट रहेको छ। 

साताको प्राविधिक विश्लेषण

खुल्ला बिन्दुः २४९४.४८ । उच्चबिन्दुः२५९५.८८ । न्यून बिन्दुः२४९२.२७ । अन्तिम बिन्दुः२५४८.९७
प्रतिरोध २ः २६७६ । प्रतिरोध १ः २६२५ । टेवा १ः २५२५ । टेवा २ः २५००

अघिल्लो साताको विश्लेषण अनुसार यदि बजारले २५३५ को क्षेत्रलाई निश्चित रुपमा पार गर्न सके बजार पुन सकारात्मक हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न भनिएको थियो । यो साता बजारले २५९५ दशमलव ८८ अंकको उच्च बिन्दु प्राप्त गर्न सकेको थियो।

चित्र नं १ : नेप्से साप्ताहिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा साप्ताहिक मैनबत्ती बिश्लेषण अनुसार बजार माथिल्लो गतिशील प्रतिरोध क्षेत्र भन्दामाथि स्थिर रहन सकेको छ। त्यस्तै गरि योसाता“बुलिस” मैनबत्ती आकृति बनाएको छ। यसले यो साता पनि बजार बढेको संकेत गर्दछ।

चित्र नं २ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं.२ मा, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति देखाइएको छ। यसले यो साता बजार २५३५को प्रतिरोध क्षेत्रभन्दामाथि रहेको देखिन्छ। यसले बजारमा पुन लगानीकर्ताहरुको प्रवेश भएको संकेत गर्दछ। 

चित्र नं ३ : नेप्से एक घण्टाको मैनबत्ती प्रवृत्ति

चित्र नं.३ मा, नेप्सेको एक घण्टाको मैनबत्ती प्रवृत्ति देखाईएको छ। यो साता बजार २५३५ को प्रतिरोध क्षेत्रभन्दामाथि रहन सफल भएको देखिन्छ। यदि बजार यो क्षेत्रभन्दामाथि स्थिर रहन सके प्राविधिक रुपमा सकारात्मक मानिन्छ। “२०० एक्पोनेन्सियलमुभिङ्गएभरेज”भन्दा बजार माथि रहेकोले बजारमा क्रेताको चाप रहेको संकेत गरेको छ। 

विभिन्न समायवधीको बजार प्रवृत्तिलाई समग्रमा हेर्दा, यदि बजार २६००को क्षेत्रभन्दामाथि स्थिर रहेमा बजार अझ सकारात्मक हुन सक्ने देखिन्छ र अर्को मुख्य प्रतिरोध २६२५ देखि २६७६ को क्षेत्रमा रहेको देखिन्छ। तर यदिबजार २४९० भन्दातल स्थिर रहेमा बजार अझ केहि सच्चिन सक्ने देखिन्छ। 


 

प्रकाशित मिति: १५:४० बजे, शनिबार, चैत १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्