Kathmandu Press

भारतकाे उत्तराखण्डमा भीषण बाढीले गाउँ नै बगायाे, चारको मृत्यु, ५० जना बेपत्ता 

बीबीसीका अनुसार बाढीमा अझै दर्जनौँ मानिस फसेको आशंका गरिएको छ। उद्धारका लागि सेनाका कर्मचारीसहित उद्धार टोली पुगेको छ। 
भारतकाे उत्तराखण्डमा भीषण बाढीले गाउँ नै बगायाे, चारको मृत्यु, ५० जना बेपत्ता 

काठमाडौं, साउन २० : भारत उत्तराखण्डको उत्तरकाशीको धराली गाउँमा मंगलबार भीषण बाढी आएको छ। मंगबार दिउँसाे एक्कासी आएकाे बाढीले गाउँ नै बगाएकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बाढीमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता भएका छन्। बीबीसीका अनुसार बाढीमा अझै दर्जनौँ मानिस फसेको आशंका गरिएको छ। उद्धारका लागि सेनाका कर्मचारीसहित उद्धार टोली पुगेको छ। 

बाढीका कारण सडक, भवन डुबानमा परेका छन्। पर्यटकीय क्षेत्रका रूपमा परिचित होटल, रिसोर्ट र रेस्टुरेन्ट पनि डुबानमा छन्। 

स्थानीय समयानुसार मंगलबार दिउँसो साढे १ बजे एक्कासि बाढी आएको बीबीसीले उल्लेख गरेको छ । बाढीका कारण जनजीवन अस्तव्यस्त बनेको छ। सञ्चार सम्पर्क टुटेको छ। 

उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्कर सिंह धामीले बाढीमा फसेकाको उद्धारकार्य जारी रहेको बताएका छन्। पर्यटकीय गन्तव्यका रूपमा प्रख्यात त्यस क्षेत्रमा भारतीय सेनाको अड्डा र अर्धसैनिक बल इन्डो–तिब्बती सीमा बलको क्याम्पसमेत रहेको छ । 

प्रकाशित मिति: १७:३० बजे, मंगलबार, साउन २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्