Kathmandu Press

मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

सरकारमा सहभागी नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री यादवले दिउँसो १ बजे विश्वासको मत लिने तयारी रहेको र बहुमत जुटाउन विभिन्न दलसँग छलफल भइरहेको बताएका छन्।
मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं, कात्तिक २८ : मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।

सरकारमा सहभागी नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री यादवले दिउँसो १ बजे विश्वासको मत लिने तयारी रहेको र बहुमत जुटाउन विभिन्न दलसँग छलफल भइरहेको बताएका छन्।

१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार टिकाउन कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक छ। मुख्यमन्त्री यादवलाई कांग्रेसका २२, जसपा नेपालका २७ र जनमत पार्टीका १२ सदस्यको समर्थन प्राप्त हुने सम्भावना छ।

प्रकाशित मिति: १०:३६ बजे, शनिबार, कात्तिक २८, २०८३