Kathmandu Press

साताकाे शेयर : तीन दिन मात्र कारोबार, प्राविधिक विश्लेषणले के भन्छ ?

अघिल्लो सातासँग तुलना गर्दा यो साता नेप्से परिसूचकमा ४८ दशमलव २० अंंकको अर्थात १ दशमलव ९२ प्रतिशतको गिरावट रहेको छ।
साताकाे शेयर : तीन दिन मात्र कारोबार, प्राविधिक विश्लेषणले के भन्छ ?

काठमाडौं, फागुन २९ : यो साता तिन दिन मात्र शेयर कारोबार भएको छ । यो साताको सुरुवातदेखि घट्दो प्रवृत्तिमा रहेको बजार अन्तिम दिनसम्म घटेको थियो।

अघिल्लो सातासँग तुलना गर्दा यो साता नेप्से परिसूचकमा ४८ दशमलव २० अंंकको अर्थात १ दशमलव ९२ प्रतिशतको गिरावट रहेको छ। नेप्से परिसूचक अघिल्लो साताको अन्तिम कारोबार दिन २५०६ दशमलव ६८ को विन्दुमा बन्द भएकोमा यो सातासम्म आउँदा नेप्से परिसूचक २४५८ दशमलव ४८ को विन्दुमा बन्द भएको छ। 


 
यो साता होटल एण्ड टुरिजम उपसुचकमा सर्वाधिक वृद्धि रहेको छ। चन्द्रागिरी हिल्स लिमिटेडको मुल्यमा तिव्र वृद्धि भएवापत यो समूहमा पनि सकारात्मक असर परेको छ। यो साता होटल एण्ड टुरिजम उपसूचकमा ७ दशमलव ६१ प्रतिशतको वृद्धि रहेको छ। दोश्रो सर्वाधिक वृद्धि हुनेमा हाइड्रोपावर उपसूचक रहेको छ। यो उपसूचकमा २ दशमलव ९४ प्रतिशतको वृद्धि रहेको छ। सर्वाधिक गिरावट रहनेमा जिवन बिमा र  लघुवित्त उपसूचकहरु रहेका छन। यिनीहरुमा क्रमशः ३ दशमलव ७६ र ३ दशमलव २१ प्रतिशतगिरावट रहेको छ। त्यसैगरि तेश्रो स्थनामा अघिल्लो सातादेखि ‘इन्भेष्टमेन्ट’ नामको नयाँ उपसूचकमा भने ३ दशमलव ११ प्रतिशतको गिरावट रहेको छ।

साताको प्राविधिक विश्लेषण

खुल्लाबिन्दुः २५१९.९७ । उच्चबिन्दुः२५२७.०९ । न्यूनबिन्दुः२४४६.०९ । अन्तिमबिन्दुः२४५८.४९

प्रतिरोध २ः २६३० ।प्रतिरोध १ः २५३१ । टेवा १ः २३९० । टेवा २ः २३६५

चित्र नं १ : नेप्से साप्ताहिक मैनबत्ती प्रवृत्ति 

चित्र नं १ मा साप्ताहिक मैनबत्ती विश्लेषण अनुसार बजार माथिल्लो गतिशील प्रतिरोध क्षेत्रभन्दामाथि स्थिर रहन सकेको छ। यसैगरी अघिल्लो साताको मैनबत्तीले ‘बुलिस मारुबोजु’ आकृति बनाएको थियो। 

अघिल्लो साताको विश्लेषण अनुसार, ‘यसले बजार सकारात्मक हुनसक्ने संकेत गरे पनि अर्को कारोबार दिनहरुको मैनबत्तीहरुबाट पुष्टि गर्दा बजारबाट हुन सक्ने जोखिम कम गर्न सकिन्छ’ भनिएको थियो। यो साता बजार सकारात्मक रहेन र हाल बजारको मुख्य टेवा २३९० को क्षेत्रमा रहेको देखिन्छ। 

चित्र नं २ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति


 
चित्र नं.२ मा, नेप्सेको दैनिक मैनबत्तीप्रवृत्ति देखाइएको छ। यसले यो साता बजारले २५३१ को प्रतिरोधलाई तोढ्न असफल रहेको र बजार त्यसपछि सच्चिई रहेको देखिन्छ। हालको तत्कालिन टेवा २३९० को क्षेत्र नै रहेको देखिन्छ। 

चित्र नं ३ : नेप्से एक घण्टाको मैनबत्ती प्रवृत्ति


 
चित्र नं.३मा, नेप्सेको एक घण्टाको मैनबत्ती प्रवृत्ति देखाईएको छ। यसले बजार हालसम्म घट्दो प्रवृत्तिमा रहेको संकेत गरेको छ। 

समग्रमा हेर्दा, तिन सातादेखि बजार घट्दो प्रवृत्तिमा रहे पनि यदि बजार २५३५ भन्दामाथि स्थिर रहन सके बजार सकारात्मक हुन सक्ने प्रारम्भिक संकेत गर्दछ र अर्को तत्कालिन प्रतिरोध २६३० को क्षेत्रमा रहेको देखिन्छ। यदि बजार २४४६ भन्दातल स्थिर रहेमा बजार केहि सच्चिन सक्ने सम्भावना रहन्छ र तत्कालिन टेवा २३९० को क्षेत्रमा रहेको देखिन्छ। 

प्रकाशित मिति: १२:१६ बजे, शनिबार, फागुन २९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्