Kathmandu Press

पर्यटकलाई क्वारेन्टिनको प्रावधान हटाउन व्यवसायीको माग

काठमाडौं, फागुन १० : कोभिड–१९ महामारीका कारण नेपालको पर्वतीय पर्यटनसहित समग्र पर्यटन उद्योग नै धराशयी बनेको भन्दै यस क्षेत्रका अगुवा संस्थाले पर्यटन व्यवसायलाई...
पर्यटकलाई क्वारेन्टिनको प्रावधान हटाउन व्यवसायीको माग

काठमाडौं, फागुन १० : कोभिड–१९ महामारीका कारण नेपालको पर्वतीय पर्यटनसहित समग्र पर्यटन उद्योग नै धराशयी बनेको भन्दै यस क्षेत्रका अगुवा संस्थाले पर्यटन व्यवसायलाई पुनर्जीवन दिन विदेशी पर्यटकको आवागमनलाई सहज तुल्याउनेलगायत उचित कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन्।

पर्यटन क्षेत्रसँग आबद्ध विभिन्न ३६ वटा सङ्घसंस्थाले आज संयुक्त पत्रकार सम्मेलन गर्दै पर्यटन व्यवसायीको पीरमर्कालाई सम्बोधन गरी थला परेको पर्यटन व्यवसायलाई विभिन्न १० बुँदे मागसहित ध्यानाकर्षण गराएका हुन्।

Hardik ivf

व्यवसायीको मागमा ७२ घन्टाको पिसिआर रिपोर्ट लिएर आउने विदेशी पर्यटकका हकमा पाँच दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाउन आग्रह गरिएको छ। अनलाइन र अराइभल प्रवेशाज्ञा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगहरुबाट प्रवेशाज्ञाको व्यवस्था पूर्ववत रुपले गराउन व्यवसायीले अनुरोध गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड परीक्षण मेसिन राख्ने अथवा तोकिएको स्वास्थ्य निकायबाट नमूना सङ्कलन गर्ने, हालसम्म खुल्न बाँकी रहेका अन्तर्राष्ट्रिय हवाई उडानहरु यथाशीघ्र खोल्न माग गरिएको छ।

कोरोनाविरुद्धको खोप अग्रपङ्क्तिमा रहेर काम गर्ने पर्यटन व्यवसायी र पर्यटन श्रमिकलाई उपलब्ध गराउनुपर्ने, नेपाल र चीनबीचको सीमा नाकाहरु तत्काल खोल्नुपर्ने, नेपाल घुम्न आउने विदेशी पर्यटकका लागि अनिवार्य गाइड तथा पदयात्रा सहयोगी लिएरमात्र नेपाल भ्रमणको व्यवस्था मिलाउन भनिएको छ।

त्यस्तै नेपाल–भारत र नेपाल–चीन सीमानाहरुबाट भित्रिने पर्यटकलाई सवारीसाधनसहित निर्बाधरुपमा आउन पाउने व्यवस्था मिलाउन माग गरिएको छ। कम्तीमा पाँच हजार अमेरिकी डलर बराबरको कोरोना बीमा हटाएर कोरोनाविरुद्धको खोप पूरा मात्रा लगाई आएका पर्यटकलाई सहजरुपमा घुम्न दिनुपर्ने व्यवसायीले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसरी संयुक्त विज्ञप्ति जारी गर्नेमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण सङ्घ, होटेल एसोसिएसन अफ नेपाल (हान), नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), हिमालय उद्धार सङ्घलगायत संस्थाहरु छन्।

प्रकाशित मिति: २०:१७ बजे, सोमबार, फागुन १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्