नेप्से चारवर्ष यताकै उच्चविन्दूमा
नेप्सेको आजको अंक २०७८ भदौ १३ यताकै उच्च हो । सो वर्ष भदौ २ गते हालसम्मकै उच्च ३१९८ अंकको रेकर्ड बनाएपछि नेप्से ओरालो लागेको थियाे।
काठमाडौं, साउन १३ : नेप्से परिसुचक नेप्से परिसूचक चारवर्ष यताकै उच्चविदूमा पुगेको छ। मंगलबार ३०.७६ अंकले बढेको नेप्से चारवर्ष यताकै उच्च ३००२.०७ बिन्दुमा पुगेर रोकिएको छ।
नेप्सेको आजको अंक २०७८ भदौ १३ यताकै उच्च हो । सो वर्ष भदौ २ गते हालसम्मकै उच्च ३१९८ अंकको रेकर्ड बनाएपछि नेप्से ओरालो लागेको हो ।
मंगलबार कुल ३२१ स्टकको १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ रुपैयाँ बराबरको ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता शेयर कारोबार भएको छ। सोमबार १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार ३४ रुपैयाँ बराबरको ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता शेयर कारोबार भएको थियो।
आज सेन्सेटिभ इन्डेक्स ३.६६ अंकले बढेको छ। फ्लोट इण्डेक्स १.९७ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने १.१२ अंकले बढेको छ।
आज मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी र नाडेप लघुवित्तको शेयर मूल्यमा सकारत्मक सर्किट लागेको छ।
मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य प्रतिकित्ता १६२.७३ रुपैयाँले बढेर १७९०.५० रुपैयाँमा अन्तिम कारोबार भएको छ। ट्रेड टावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ७८.४० रुपैयाँले बढेर ८६२.७० रुपैयाँमा अन्तिम काराबार भएको छ।
त्यसैगरी सान्भी इनर्जीको शेयर मूल्य प्रतिकित्ता ६९.९० रुपैयाँले बढेर ७६९ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने नाडेप लघुवित्तको शेयर मूल्य पनि प्रतिकित्ता ९३.०२ रुपैयाँले बढेर १०२३.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
मंगलबार समता घरेलु लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ। कम्पनीको शेयर मूल्य १०८.०६ रुपैयाँले घटेर प्रतिकित्ता ११४८.४८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । बिन्ध्यवासिनी हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता १७.९९ रुपैयाँले घटेर ५९५.५१ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यसदिन हिमालयन डिस्टिलरी लिमिटेड, ग्रिनभेन्र्चस लिमिटेड, नेपाल रिइन्स्योरेन्स लिमिटेड, हिमालयन रिइन्स्योरेन्स र राधि जलविद्यूत कमपनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।










-1764753058.png)
-1764751301.jpg)
