एसियन गेम्समा करातेका तेन्जिङले जिते कास्य
कास्यका लागि भएको खेलमा तेन्जिङले लाओसका वाथाना जायासनलाई ९–१ ले पराजित गरे।
काठमाडाैं, असाेज ७ : जापानमा जारी २०औं एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। करातेका तेन्जिङ शेर्पाले पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा नेपाललाई कास्य पदक दिलाएका हुन्।
कास्यका लागि भएको खेलमा तेन्जिङले लाओसका वाथाना जायासनलाई ९–१ ले पराजित गरे। तेन्जिङले युकोबाट ६ अंक र इप्पोनबाट ३ अंक जोडे । त्यसअघि सेमिफाइनलमा उनी इरानका महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए ।
क्वाटरफाइनलमा तेन्जिङ मकाउका खेलाडीसँग १–० ले पछाडि रहँदा विपक्षीले गरेको गल्तीका कारण तेन्जिङ विजेता तोकिएका थिए।
प्रकाशित मिति: १४:३७ बजे, बुधबार, असोज ७, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











